कर्णाली ः सात पदाधिकारीले बुझाएनन् सरकारी सुविधाका साधन

कर्णाली प्रदेश सभाका पदाधिकारीले पनि गाडीलगायत सरकारी सुविधा फिर्ता गरेका छैनन् ।
गाडी सुविधा लिएका प्रतिपक्ष दल एमालेका संसदीय दलका नेता यामलाल कँडेल, एमाले प्रमुख सचेतक गुलावजंग शाह, सत्तापक्ष माओवादीका प्रमुख सचेतक गोपाल शर्मा, सत्तापक्ष कांग्रेस प्रमुख सचेतक अमृता शाही, विधायन समिति सभापति दानसिंह परियार (एमाले), सामाजिक विकास समितिका सभापति देवी ओली (एकीकृत समाजवादी) र सार्वजनिक समितिका सभापति करवीर शाही (एमाले)ले फिर्ता गरेका छैनन् ।
कतिपय सांसदले पुस्तकालयबाट लगेका पुस्तकलगायत सामग्री पनि फिर्ता नगरेको कर्णाली प्रदेश स्टोर शाखाका प्रमुख सुरेन्द्र थापाले बताए ।










