स्वास्थ्य सेवा कार्यालय जाजरकोट पहिलो , अन्तिमा डोल्पा

जाजरकोट , १० असोज ः सेवा प्रवाहमा सबैलाई उछिन्दै जाजरकोट एक नम्वरमा आएको छ । कर्णाली प्रदेशका १० जिल्लाको समिक्षाबाट जाजरकोट ६४।४ अंक ल्याएर पहिलो भएको हो ।

३१ वटा सूचक माथी गरिएको अध्ययनबाट जाजरकोटको स्वास्थ्य सेवा कार्यालय कर्णालीकै पहिलो आएको छ । सेवा प्रवाह ,भौतिक प्रगती, बार्षीक प्रतिबेदन, व्यरुजु फच्यौट, सहभागिता समन्वय, राष्ट्रिय योजना आयोगको अनुसूची २ , नव प्रर्वद्धनात्मक कार्यहरु सूचकमा समेटिएका थिए ।


त्यस्तै कार्यालय प्रमुखको प्रस्तुती, जिल्ला स्तरमा समिक्षा व्यवस्थापन , जिल्लाको समग्र प्रदेशमा प्रस्तुती ९ज्ञालोरी प्रस्तुती० र भौगोलिक अवस्था आदिलाई आधार मानेर मुल्याकंन गरिएको थियो । त्यस्तै दोस्रोमा कालिकोट, तेस्रोमा सुर्खेत , चौथोमा सल्यान, पाँचांैमा मुगु, छौँटोमा दैलेख, सातौँमा रुकुम पश्चिम,आठौँमा जुम्ला , नौँमा हुम्ला र दशौँमा डोल्पा रहेको छ ।


आर्थिक वर्ष २०७७/७८ मा नौँ स्थान आएको थियो । आर्थिक वर्ष २०७८/ ८९ मा उल्लेख्या मात्रामा प्रगती गर्दै १ नम्वरमा आउन सफल भएको छ । जाजरकोटको पालिका स्तरमा बारेकोट पहिलो र दोस्रोमा नलगाड नगरपालिका आएका थिए । कुनै पनि जानकारी , तथ्यांक माग गरिएमा सही र समयमा नआउने कार्यालय मध्य डोल्पा रहदै आएको छ ।





error: Content is protected !!