चिकित्सक , स्वास्थ्यकर्मी नभएको भन्दै नगर अस्पतालको सेवा कटौती

जाजरकोट ः तीन महिना देखि चिकित्सक नहुँदा छेडागाड नगरपालिकाको नगर अस्पतालले सेवा कटौती गरेको बताएको छ ।
नगर अस्पतालमा आवश्यक पर्ने स्वास्थ्यकर्मीको अभाव हुँदा ओपिडी सेवा बाहेक अन्य सबै सेवा बन्द गरिएको निमित्त नगर अस्पतालमा प्रमुख विष्णु गिरीले जानकारी दिनुभयो ।

असोज ६ गते देखि लागु हुने गरी नगर अस्पतालमा आकस्मिक सेवा , रात्रीकालिन सेवा समेत बन्द गरिएको उहाँले जानकारी दिनुभयो । पश्चिम क्षेत्रमा राम्रो प्रभावकारी सेवा दिदै आएको नगर अस्पतालले सेवा कटौती गरेपछि विरामीहरु मर्कामा पर्ने भएका छन् ।

५० शश्याको जिल्ला अस्पताल समेत क्षेत्र न १ मै पर्ने पर्दछ । पश्चिम क्षेत्रमा भरपर्दो स्वास्थ्य संस्था नहुँदा हैरानी भोग्दै आएका यहाँका सर्बसाधारणहरु नगर अस्पतालले सेवा कटौती गर्ने सूचना प्रकाशित गरेपछि जनसाधारण समस्यामा पर्ने भएका हुन् ।

यो विषयमा नगरप्रमुख रत्न खड्का , उपप्रमुख चन्द्र थापा र निमित्त प्रमुख प्रशासकीय अधिकृत गंग आर सीलाई सम्पर्क गर्न खोज्दा टेलिफोन नउठाएका कारण प्रतिक्रिया लिन सकिएन ।

 





error: Content is protected !!