रुकुमपूर्वमा बस दुर्घटना, ३ जनाको मृत्यु

जयमान बुढा मगर

रुकुम (पूर्व)ः रुकुमपूर्वमा बस दुर्घटना भएको छ । बिहीबार आज दिउँसो साढे २ बजेटको समयमा जिल्लाको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा बस दुर्घटना भएको हो ।

काठमाण्डौँ देखि रुकुमकोट आउँदै गरेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा घटना स्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले  जानकारी दिए । मृत्यु भएकाहरूको भने परिचय खुल्न नसकेको डीएसपी डाँगीले बताए ।

१७ जना सवार रहेको बस क्याङ्सी बगर स्थित मध्यपहाडी राजमार्ग देखि अन्दाजी १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले बताएको छ ।





error: Content is protected !!