पचास शश्याको घोषणा गरेको सात वर्ष पछि बल्ल अत्यधुनिक भवन

जाजरकोट ः ३० करोडको लागतमा निर्माण भैइरहेको जाजरकोट अस्पतालको अत्यधुनिक भवन निर्माणको अन्तिम चरणमा पुगको छ ।

संरचनाको अभाव हुँदा उपचारमा असहजता आएपछि २०७७ असार २६ गते देखि नयाँ भवन निर्माण सुरु गरिएको थियो । संघीय आयोजना कार्यान्वन इकाई सुर्खेतले उक्त भवन निर्माण गर्न ३० करोड २९ लाख ४७ हजार ८४ खर्च गरिरहेको छ ।
३० महिना भित्र निर्माण कार्य पुरा गर्ने लक्ष्यका साथ काम सुरु गरेको निर्माण कम्पनी सिनर्जी ,ज्ञानज्योती , क्षितिज जेभी काठेश्वर काठमाडौँले तोकिएकै मितिमा सम्पन्न गर्न आफू तयार रहेको जानकारी दिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख नवराज कडेलले जानकारी दिनुभयो ।
२०७९ पुस २५ भित्र निर्माण कार्य पुरा गरी हस्तान्तरण गर्ने योजनामा रहेको निर्माण कम्पनीका प्रतिनिधि मनोज गौतमले जानकारी दिए । भवनको २०७७ असोज १६ गते तत्कालिन वन तथा वातारणमन्त्री शक्तिबहादुर वस्नेतले शिलान्यास गनुभएको थियो ।
६ वटा नयाँ अत्यधुनिक भवन निर्माणको काम जारी रहेको गौतमले बताए । ४ वटा भवनको रंग ,रोगनको काम सम्पन्न भएको र २ वटा भवनमा रंगरोगनको काम चलिरहेको बताएको छ । भौतिक संरचनाको अभावमा उपाचरमा समस्या आएपछि भारी आलोचना भएपछि तत्कालिन वनमन्त्री शक्तिबहादुर वस्नेतले अत्यधुनिक भवन बनाइ सेवा प्रवाहलाई सहयोग गर्न आफू प्रतिबद्ध भएको बताउनुभएको थियो ।
उनको यो चुनावी नारा समेत रहेको थियो । स्वास्थ्य सेवा कार्यालय र अस्पताललाई ५० शश्यामा स्तरउन्तती भएपनि संरचना अभावमा काम गर्न मुस्किल हुँदै आएको थियो ।
प्रदेश सरकारको रु ५० लाख लगानीमा भवन निर्माण कार्य जारी रहेको समयमा उपचार गर्न सहज होस भनि केही संरचना निर्माण गरिएको थियो । पटक ,पटकको बिभिन्न रोगका कारण धेरै सर्बसाधारणले ज्यान गुमाएपछि जाजरकोट अस्पताललाई २०७३ जेठमा १५ शश्यबाट ५० शश्यामा रुपान्तरण गरिएको थियो ।
भौतिक संरचनाको अभावकै बीचमा शश्या मात्र विस्तार गरिएको भन्दै चर्को आलोचना भएपछि नयाँ अत्यधुनिक भवनका साथै चिकित्कस सहित स्वास्थ्यकर्मीको दरबन्दी समेत थपेर काम सुरु गरिएको थियो । अभावकै बीचमा काम गर्दै आएको अस्पताल र स्वास्थ्य सेवा कार्यालयले अब नयाँ भवन निर्माण सकिए लगत्तै पुरै सेवा प्रवाहका लागि आफू तयार रहेको बताएको छ ।

सुर्खेतको मेहलकुना र जाजरकोट अस्पताल मात्र ५० शश्यामा रुपान्तरण भएका थिए । अन्य जिल्लामा १५ शश्याका अस्पताल नै रहेका छन् । जाजरकोट अस्पताल भन्दा छिमेकी जिल्लाका अस्पतालहरु १५ शश्यका अस्पतालहरु रहेका छन् । संघीय सरकारकै पहलमा जाजरकोटमा अक्सिजन पलान्ट जडान गरी अक्सिजन उत्पादन सुरु भएको छ ।
अस्पताल प्रदेश मताहातमा रहेको छ । पालिकामा समेत स्वास्थ्य संस्थाहरु निर्माण कार्य जारी रहेको छ । पालिकाले आफै तलब , भत्ता उपलब्ध गराउने गरी मेडिकल अधिकृतहरु भर्ना गरेर सेवा प्रवाह गरिरहेका छन् ।










