बाढीले बग्यो काठेपुल , मुकाम आउन सर्वसाधारणलाइ समस्य

डोल्पा ः त्रिपुरासुन्दरी नगरपालिका –९ चुँ गाड खोलाले काठेपुल बगाएपछि आवतजावत ठप्प भएको छ । खोलामा आएको बाढीले पुल बगाएपछि यहाँका तल्लो त्रिपुराकोट डोल्पाका ९,१० र ११ मा सर्वसाधारण नगरपालिको केन्द्र तथा सदरमुकाम दुनैसम्म आवत जावत कार्य ठप्प भएको छ ।

खोलामा पानीको मात्रा भारी रुपमा बढेका कारण खोला पार गर्न नसकिएको स्थानीयबासीले बताएका छन् । औषधि उपचार,बैंकिङ सेवा,किनमेल, लगायतका कामका लागि त्रिपुरोकाट बजार आउने सर्वसाधारण पनि रोकिएको स्थानीय रणबहादुर बुढाले जानकारी दिए । खोलामा पुल निर्माण नभए सम्मा यहाँका सर्वसाधारणहरु आवत जावत गर्न सक्ने अवस्था नभएको उनको भनाइ छ ।


त्यसैगरी बाढीकै कारण जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गत पर्ने तल्लो चुँ गाडमा सवारीसाधन आवत जावत गर्नका लागि बनाइएको खोलाको तटवन्ध समेत भासिएको छ । मुख्य सडकमै पर्ने तटबन्ध भासिएपछि यात्रुवाहक तथा मालवाहक सवारीसाधनहरु बाटोमै रोकिएका छन । मालवाहक ट्रक,ट्याक्टर आउन नसकेपछि सदरमुकाम दुनै त्रिपुराकोट,जुफाल लगाएतका बजारहरुमा दैनिक उपभोग्य सामाग्री ढुवानी हुन सकेको छैन् ।





error: Content is protected !!