डाँगीबाडामा जिप दुर्घटना हुँदा ३५ बर्षीया चालक डाँगीको मृत्यु

डोल्पा ठुलिभेरी नगरपालिका ९ डाँगीबाडामा जिप दुर्घटना हुँदा ३५ बर्षीया चालक पूर्णबहादुर डाँगीको मृत्यु भएको छ । चु पानीबाट दुनै जाँदै गरेको भे १ च १६११ नम्वरको जिप दुर्घटना हुँदा चालक डाँगीको मृत्यु भएको हो । चालक डाँगीको घर पनि सोही वडामा रहेको छ । आज विहान जिप दुर्घटना भएको डिएसपी निरन्जन थापाले बताउनुभयो ।





error: Content is protected !!