दुर्गम बस्ती ः बजेट बारे अनविज्ञ

सुर्खेत , ३० जेठ ः उपल्लो डोल्पाको छार्काताङसुङ गाउँपालिका –३ का निमा गुरुङलाइ कर्णाली प्रदेशले असार १ गते ल्याउन लागेको बजेट बारे कुनै जानकारी छैन । उनी शनिबार सुर्खेतको बीरेन्द्रनगर स्थित मध्यबजारमा जिम्वु विक्री गर्दै होटलहरुमा घुमीरहेको थिइन् । उनलाइ जिम्वु विक्री गरेर भएको नाफाबाट उपल्लो डोल्पा स्थित घरमा खाद्यान्न लिने मात्र चिन्ता रहेको छ । गुरुङलाइ आउदै गरेको बजेटमा आफ्नो क्षेत्रका के के विकासे योजनाहरु समेटदै छ भन्ने सामान्य ज्ञान समेत छैन ।

सुक्रबार पारित भएको नीति तथा कार्यक्रमका विषयमा समेत जानकारी छैन । उनी जस्तै नेपालगन्ज विमानस्थलमा डोल्पा जानका लागि जहाज कुरिरहेका शे फोक्सुण्डो गाउँपालिका–३ का आङछी लामालाइ कर्णाली प्रदेशले ल्याउन लागेको बजेट बारे जानकारी छैन । बरु उनीसँग निरासाको भारी मात्र रहेको छ । उनी भन्छन् ,‘ डोल्पाको परिचय दिएर सुर्खेत ,नेपालगन्ज बस्नेलाइ योजनाको चिन्ता होला , हामीलाइ केही चिन्ता छैन । योजना लिएर गएपनि पहुँचको भरमा हुन्छ , हाम्रो योजना हेरिदैन किन अनाआवश्यकको दुख पाउनु ? ’त्यस्तै मुगुकी कान्छी तामाङलाइ यार्सागुम्वाबाट हुने आम्दानीका विषयमा बढी चासो छ । प्रदेश सरकारबाट आउने बजेटका विषयमा उनलाइ केही पनि थाहा छैन । उनी भन्छिन् ,‘ जसले योजना ल्याउछ , उही उपभोक्ता समितिमा बस्छ , हाकिमसँग मिल्छ , कामै नगरी पैसा निकालेर ठुला सहरमा घर, जग्गा जोड्छ । यही भएको छ अहिले सम्मा । ’ गरिव त देखाउने मात्र दात भएको उनको पिरलो छ । समाजका आवश्यकता भन्दा पनि व्यक्तिको आवश्यकता योजना निर्माण हुँदा कर्णाली प्रदेशमा समस्य हुँदै गएको आम नागरिकहरु बताउँछन् । पालिकाबाट आएका योजनाहरु नसमेटिएको भन्दै स्थानीय तहका प्रमुखहरुले प्रदेश सरकारप्रति आक्रोष समेत पोखेका छन् ।

उपल्लो डोल्पा , मुगु , पुर्वी जाजरकोट , रुकुम पश्चिमबाट प्रदेशमा योजना माग्न आउनेका संख्य निकै कम रहेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायका सूचना प्राविधि सहायक नन्दराम गौतमले बताए । योजना माग्न आउनेमा सबै भन्दा कांग्रेस निकट व्यक्तिहरु नै रहेका छन् । मुख्यमन्त्री जीवनबहादुर शाहीको लेटरप्याडमा योजना समावेश गरिदिनुहुन भन्दै दैनिक ५० भन्दा बढी योजनाहरुको लिष्ट बिभिन्न विकासे मन्त्रालयमा आउने गरेको मन्त्रीहरुका सचिवालयले बताएको छन् ।

पुराना योजनालाइ मात्र निरन्तर दिने भनि प्रदेशसभाका साथै नीति तथा कार्यक्रममा बोल्ने मुख्यमन्त्री शाही आफै दैनिक ५० भन्दा बढी योजना बिभिन्न मन्त्रालयमा पठाएर नाटक गरिरहेको सचिवालयको बुझाइ रहेको छ । विकट बस्तीका योजना भन्दा पनि निकटका बस्तीका मात्र योजनाहको लिष्ट समावेश गरिएको भन्दै योजना महाशाखामा बस्ने कर्मचारी समेत हैरान भएको बताएका छन् ।

जहाँबाट मोटो रकम आउछ , त्यही ठाउँको मात्र योजना समावेश भएको सूचना आफू सम्मा पुगेको नाम नबताउने सर्तमा एक कर्मचारीले बताए । बन्द कोठामा मन्त्रीका आफन्तहरु मात्र बसेर योजना बनाउदा त्यहाँ रहेको सचिवालय समेत बेखवर रहेको जानकारी आफू सम्मा आएको कर्मचारीहरु बताउँछन् । जुन लिष्ट मन्त्रीले दिन्छन् , उही लिष्ट मात्र टाइप गरेर बस्नुपर्ने बाध्यता रहेको कर्मचारीले बताएका छन् ।





error: Content is protected !!