जैविक विविधता संरक्षणमा वनको सक्रियता

नन्दा शाही
जाजरकोट ः भिन्न खालको जैविक विबिधता रहेको बारेकोट गाउँपालिकामा डिभिजन वन कार्यालयले सामुदायिक जैविक विविधता सम्वन्धी छलफल सुरु गरेको छ । जिल्ला अन्य पालिका भन्दा बारेकोटमा जैविक विविधायूक्त बढी रहेको छ । तीत प्रकारको हावापानी रहेको बारेकोटमा प्रकृतिक रुपमा समेत सुन्दर रहेको छ ।

जडीवुटी , जंगली जनावार र हिमालहरुले घेरिएको बारेकोट आफैमा एक सुन्दर पालिका हो । जडिबुटीहरुमा आधारित परम्परागत उपचार पद्धतिमा संलग्न व्यक्तिहरु, जडिबुटीको खेति गरेका किसानहरु, जैविक विविधता संरक्षणमा लागेका सरोकारवालाहरु र जडिबुटी व्यवसायमा संलग्न व्यक्तिहरुलाइ उक्त छलफलमा सहभागिता गराएको थियो । जैविक विबिधताको महत्व र अर्थका विषयमा समेत जानकारी गराएको छ ।

उक्त कार्यक्रममा बारेकोट गाउँपालिकाको अध्यक्ष बीरबहादुर गिरी ,पुर्व सांसद भक्त बहादुर शाह , बारेकोट गाउँपालिकाका उपाध्यक्ष नरबहादुर गिरी, प्रमुख प्रशासकीय अधिकृत मोहन प्रकाश गिरी, जडिबुटी व्यवसायी संघ जाजरकोटका अध्यक्ष गणेश बहादुर सिंहको सहभागिता रहेको थियो । कार्यक्रम आएका सुझावलाइ सहजीकरण कामु डिभिजनल वन अधिकृत बसन्तबाबु श्रेष्ठ र सहायक वन अधिकृत मिलन बुढाले गरेका थिए ।

उक्त कार्यक्रमले बारेकोट गाउँपालिका क्षेत्रभित्रका जैविक विविधताको अभिलेखीकरण गर्नको लागि बारेकोट गाउँपालिकाको पशुसेवा शाखाका प्रमुख गोबिन्द बहादुर सिंहको संयोजकत्वमा ७ सदस्यीय अनुवांशिक स्रोत व्यवस्थापन समिति गठन गरिएको छ ।

संवैधानिक र कानुनी व्यवस्था अन्तर्गत स्थानीय सरकारले प्राकृतिक श्रोतहरु जस्तै वन, चरण क्षेत्र, जैविक विविधता, कृषि, जलश्रोत आदिको नियमन, अनुगमन र व्यवस्थापन गर्ने अधिकार र जिम्मेवारी प्राप्त गरेको छ । यतिमात्र नभई स्थानीय सरकारले आफ्नो क्षेत्रमा प्राकृतिक श्रोत सम्बन्धि कानुन र नीति नियम समेत बनाई लागु गर्नसक्ने व्यवस्था गरिएको छ । यसै सन्दर्भमा, स्थानीय सरकारले कसरी जैविक विविधता संरक्षणमा भूमिका खेल्न सक्छ ? जैविक विविधता सम्बन्धि स्थानीय निकायका क्षेत्रहरु के के हुन् भन्ने सन्दर्भमा बहस हुन जरुरी छ । साथै, स्थानीय सरकारलाई उनीहरुका क्षेत्रका जैविक विविधता किन महत्वपुर्ण छ र किन संरक्षणको आवश्यकता छ भन्ने जानकारी दिनु पनि सान्दर्भिक देखिन्छ ।

स्थानीय सरकारका जनप्रतिनिधि र सरोकारवालाहरुलाई स्थानीय सन्दर्भमा जैविक विविधताका र यसको संरक्षणका विभिन्न आयामहरुको बारेमा जानकारी दिने उद्देश्यले यो लेख तयार पारिएको छ । यस्तो जानकारी र छलफल जनप्रतिनिधि र संरक्षण क्षेत्रमा काम गर्नेहरुका लागी उपयोगी हुने विश्वास गरिएको छ । जीवित प्राणी एवं वनस्पतीमा फरकपन हुनु, भिन्नता हुनुलाई जैविक विविधता भनिन्छ । यो पृथ्वीमा भएका जीवित सम्पदाको भिन्नता हो भने करोडौ जिवात्मामा भएको फरकपन हो। मानिस, वनस्पती, पशुपन्छी, सूक्ष्म जीव आदीको भिन्न रुपहरू जैविक विविधता अन्तरगत पर्दछन्।

जैविक विविधता महासन्धि १९९२ को धारा २ अनुसार पृथ्वीको जल, स्थल र आकाशमा आफ्नो जीवनयापन गर्ने सम्पूर्ण, जीव, जन्तु, वनस्पति र मानवबिचको सहअस्तित्व तथा अन्तरसम्बन्धमा रहेको विविधता नै जैविक विविधता हो। नेपालको वातावरण संरक्षण ऐन २०७६ अनुसार जैविक विविधता भन्नाले पारिस्थितिकीय प्रणाली को विविधता, प्रजातीय विविधता तथा वंशाणु विविधता सम्झनु पर्दछ। जैविक विविधता स्थान अनुसार फरक हुन्छ। जैविक विविधतालाई निम्न ३ किसिममा बिभाजन गरिएको छ।

जैविक विविधता भनेको के हो ?
जैविक भन्नाले जीवहरुसम्बन्धी बुझिन्छ । यसमा प्राणी र वनस्पति पर्दछन् । विविधता भनेको भिन्नता‚ फरकपन वा किसिम हो । जीवित प्राणी र वनस्पतिवीचको भिन्नता‚ किसिम एवं फरकपनलाई जैविक विविधता भनिन्छ ।

जैविक विविधताले संसारका सबै क्षेत्र जस्तैः जल‚ स्थल‚ समुन्द्र तथा सिमसारमा रहेका सबै जीवित प्राणी तथा वनस्पतिवीच पाइने फरकपन‚ प्रकार तथा तिनिहरुवीचको अन्तरसम्बन्ध एमं साँयोजनसमेतलाई जनाउँछ । कुनै एक स्थानको वन क्षेत्रमा वनस्पति‚ पशुपंक्षी र अन्य जी रहेका हुन्छन् । यो जैविक विविधता हो । वन नासिएमा वा आगो लागेमा अरु जीवहरुलाई असर गर्दछ । यो तिनिहरु वीचको अन्तरसम्बन्ध हो ।

जैविक विविधताका प्रकारः
जैविक विविधता निम्न ३ प्रकारको हुन्छः
१. पारिस्थिक प्रणाली विविधता ः
जीवजन्तुहरुको वासस्थानलाई पारिस्थितिक प्रणाली विविधता भनिन्छ । यसले जीवजन्तुहरु र तिनीहरको वातावरणसँगको अन्तरसम्बन्ध समेतलाई जनाउँछ । वनजंगल‚ घाँसे मैदान‚ सिमसार‚ पोखरी‚ खोलानाला‚ समुद्र आदि यसका उदाहरण हुन् ।
२. प्रजाति विविधता ः
प्राणीहरुको विविधता र वनस्पतिहरुको विविधतालाई प्रजाति विविधता भनिन्छ । विश्वमा रहेका प्राणी र वनस्पतिहरुको फरकपन नै प्रजाति विविधता हो ।
३. बंशानुगत विविधत ः
प्राणी एमव वनस्पतिको आफ्नै समूहभित्र देखिने फरकपनलाई बंशानुगत विविधता भनिन्छ । बाबुआमाबा गुणहरु छोराछोरीमा भए पनि छोराछोरीको बाबुआमाभन्दा फरक हुन्छन्‚ यो नै वंशानुगत विविधता हो ।





error: Content is protected !!