कर्णालीमा कृषि विकास कार्यक्रम

सुर्खेत ः सुर्खेत ः आर्थिक वर्ष २०७९ ÷८० कर्णाली प्रदेशका जिल्लाहरुमा रैथाने बालीको संरक्षण गरि कृषिलाइ आधुनिकिरण गरिने अर्थमन्त्री जर्नादन शर्माले बताए । आर्थिक वर्ष २०७९ ÷८० को बजेट प्रस्तुत गर्दै मन्त्री शर्माले कृषि क्षेत्र विकास कार्यक्रम सञ्चालन गरिने बताएका हुन् । ५५ करोड करोड बजेट बाट सो कार्यक्रम सञ्चालन गरिने उनले बताए । त्यस्तै सुर्खेतमा जडीवुटी प्रशोधन केन्द्र स्थापना गरिने भएको छ । कर्णालीका हिमाली जिल्लामा स्याउ उत्पादन गर्न कृषकलाइ अनुदानको व्यवस्था गरिने भएको छ । 








