जाउलाखेलमा गाडी दुर्घटना, मेयर रेनु दाहाल घाइते

काठमाडौं ः भरतपुर महानगरपालिका, चितवनकी मेयर रेनु दाहाल दुर्घटनामा परेकी छन् ।

दाहाल सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी शुक्रबार दिउँसो ललितपुरको जाउलाखेलमा दुर्घटना भएको हो ।

टायर पञ्चर भएपछि उनको गाडी विद्युतको पोलमा गएर ठोक्किएको थियो । दुर्घटनामा दाहालको टाउकोमा चोट लागेको छ ।

सिटी स्याक्यान गर्दा घाउ बाहिरी छालामा मात्र लागेको देखिएकाले डिचास्चार्ज गर्न लागिएको उनकी बहिनी गंगा दाहालले जानकारी दिइन् ।





error: Content is protected !!