दैलेख बस दुर्घटना अपडेट – ४ जनाको मृत्यु

दैलेख ः दैलेखको आठबीस नगरपालिका –३ अन्तर्गत पर्ने सिस्ने भन्ने ठाउँमा बुधबार साँझ यात्रुबाहक दुर्घटना भएको छ । । मुगु कालिकोटको जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दुर्घटनामा परि कर्णाली नदीमा खसेको हो ।

घटनामा परी चार जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वरकुमार शाहले रातोपाटीलाई जानकारी दिए । बस सडकबाट झण्डै ५० मिटर तल नदीमा खसेको छ । दुर्घटनामा ३० जनाभन्दा बढी घाइते हुनसक्ने अनुमान गरिएको छ । थप विवरण आउन बाँकी छ ।





error: Content is protected !!