अस्पतालमा ब्लड बैंक सञ्चालन ः साउनबाट मृर्गौला प्रत्यारोपण सेवा पनि सुरु हुने

सुर्खेत , ११ जेठ ः कर्णाली प्रदेश अस्पतालमा ब्लड बैंक सञ्चालनमा आएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको सहकार्यमा ब्लड बैंक सञ्चालमान आएको छ । कर्णाली प्रदेश अस्पतालमा मासिक १२० देखि १५० पिन्ट रगत आवश्यक पर्ने गर्दछ । अब ब्लड बैंक सञ्चालसँगै सो समस्या हल भएको अस्पतालका निर्देशक डा. डम्वर खड्काले बताए ।

ब्लड बैंक सञ्चालमा आएसँगै अस्पताल निर्देशक डा खड्काले अब अस्पतालमा आउने विरामीका आफन्तहरु रगत खोज्दै भौतारिनु नपर्ने बताए। ‘पहाडी तथा हिमाली जिल्लाहरुबाट आउने विरामी र तिनका आफन्तहरुलाई रगत खोज्न धेरै समस्या हुन्थ्यो,’ डा. खड्काले भने, ‘अव विरामी र आफन्तहरुलाई रगत खोज्न कहीँ जानु पर्दैन्।’

उनले कर्णाली प्रदेश अस्पतालमा आउने विरामीहरु थप उपचारका लागि बाहिर जान नपर्ने बताए। ‘अधिकांस सेवाहरु हामीले यहीँबाट दिइरहेका छौं, साउनबाट मृर्गौला प्रत्यारोपण सेवा पनि सुरु हुँदैछ,’ उनले भने, ‘कर्णालीको मात्रै नभएर देशकै उत्कृष्ट स्वास्थ्य सेवा प्रदायक अस्पताल बनाउँछौं।’





error: Content is protected !!