नवनिर्वाचित जनप्रतिनिधिका थरीथरी घोषणा

हेमन्त केसी
सुर्खेत ः कर्णालीका प्रदेशका १० जिल्लामा स्थानीय तह सदस्यको निर्वाचन सकिए लगत्तै निर्वाचित भएका जनप्रतिनिधिहरुका थरी थरीका घोषणाहरु सार्वजानिक हुन थालेका छन् । वडाध्यक्ष देखि मेयर सम्मका जनप्रतिनिधिले वृद्धभत्ता आफैँ बाँड्न जाने देखि मृत्यु संस्कारमा खर्चको जोहो गर्ने सम्माका घोषणाहरु सार्वजानिक भएका छन् ।

सपथपछि पहिलो पटक पदभार ग्राहण गर्दा उनीहरुले बिभिन्न घोषणा गरीरहेका छन् । कर्णालीका सबै जिल्लाका स्थानीय तहमा नतिजा आइसकेको छ । सपथ ग्राहणको काम सँगै पदभारको काम समेत तिव्र रुपमा चलिरहेको छ । ७९ पालिकाका जनप्रतिनिधिहरु सुरुमा घोषणको कामलाइ प्राथमिकता दिएको देखिन्छ ।

चुनाव लड्दा समेत बिभिन्न एजेण्डाहरु उठाएर चुनावमा अन्य उम्मेदवार भन्दा बढी प्रभाव राख्नाका लागि बिभिन्न घोषण गरिएका थिए । कति पयले तिनै एजेण्डालाइ अहिले चुनाव जितेपछि पहिलो पदभारसँगै पहिलो घोषणा गर्न थालेका छन् । केही जनप्रतिनिधिहरु पदभार ग्राहणको सिलसिलामा रहेका छन् । रुकुम पश्चिम चौरजहारी नगरपालिकाबाट पहिलो पटक बादी समुदायको तर्फबाट मेयर बनेका पुष्प बादीले स्वास्थ्य बिमा र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने भन्दै पहिलो घोषणा गरेका छन् ।


बादीले नगरभित्रका असहाय, अशक्त, सहिद परिवार र बादी समुदायको निःशुल्क बिमा गराइदिने निर्णय गरेका हुन । पदभार ग्रहणसँगै बादीले नगरभित्रका विपन्न नागरिकको स्वास्थ्य उपचारमा सघाउन भन्दै यो निर्णयमा हस्ताक्षर गरी पदभार ग्रहण गरे । यसका साथै नगरभित्रका सुत्केरीका लागि एम्बुलेन्स सेवा पनि निःशुल्क हुने भएको छ ।

पदभार ग्रहणका क्रममा ३ वटा निर्णयमा हस्ताक्षर गरेका बादीले सुत्केरीका लागि स्वास्थ्य संस्था पु¥याउने र सुत्केरी भइसकेपछि स्वास्थ्य संस्थाबाट घरसम्म पु¥याउने सेवा निःशुल्क हुने छ ।

यस्तै एक परिवारलाई आर्थिक सहायताको निर्णय पनि उनले गरेका छन् । ६ नम्बर वडाको एक परिवारलाई १० हजार आर्थिक सहायता गर्ने उनले निर्णय गरेका हुन् । यसैबीच आगलागीका कारण मृत्यु भएकी १९ दिने शिशु सुशीला रोकायको परिवारलाई १० हजार आर्थिक सहायता गर्ने गरी नगरप्रमुख बादीले हस्ताक्षर गरेका हुन् । त्यस्तै जाजरकोट छेडागाड नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख रत्नबहादुर खड्काले राज्यबाट प्राप्त हुने सेवासुविधा नलिने घोषणा गरेका छन् । पदभार ग्रहण गर्दै प्रमुख खड्काले राज्यबाट प्रदान हुने तलब भत्ता आफूले नलिने घोषणा गरेका हुन् ।
आफूले प्राप्त गर्ने तलब भत्ताबाट कोष स्थापना गरी गरिब, अनाथ पिछडिएका र द्वन्द्वपीडित बालबालिकालाई सहयोग गर्ने बताए । मैले राज्यबाट प्राप्त हुने सेवा सुविधा नलिई गरिब तथा विपन्न बालबालिकाहरुमा लगानी गर्नेछु । एउटा कोषको स्थापना गरी उनीहरुलाई सहयोग गर्नेछु । म सेवा सुविधा लिन्न उनले भने ।

अघिल्लो निर्वाचनमा निवर्तमान प्रमुख लालबहादुर महतारासँग पराजित खड्काले यस पटकको स्थानीय तहको निर्वाचनमा गठबन्धन दल ( नेपाली कांग्रेस) बाट उम्मेदवार बनेका थिए । ९ हजार १ सय ७३ मत ल्याएर खड्काले निवर्तमान महतारालाई पराजित गरेका थिए ।

दैलेखको नारायण नगरपालिका वडा नम्बर–१ का नवनिर्वाचित वडाध्यक्ष सन्देश कुमार श्रेष्ठले वडामा कोही नागरिकको मृत्यु भए मृतकको परिवारलाई १५ हजार रुपैयाँ दिने निर्णय गरेका छन् ।

निर्णयसम्बन्धी पत्र सार्वजनिक भएपछि उनको कतिपयले आलोचना पनि गरेका छन् । नेपाली काँग्रेसबाट ३७८ मत ल्याएर निर्वाचित बनेका श्रेष्ठले भने निर्णयको बचाउ गरे । उनीहरुको परिवारमा कोही व्यक्ति मरेको खण्डमा काजकिरिया गर्ने बेलामा पैसा हुँदैन । बाहिर अहिले वकालत गर्ने बेलामा उच्छृङ्खल तरिकाले गरेपनि त्यही पैसाले ठुलो राहत पुग्ला भन्ने हेतुले मैले त्यो निर्णय गरेको हुँ उनले भने ।


उनले सामाजिक सञ्जालमा आफूमाथि भएका टिप्पणीप्रति कुनै सरोकार नभएको बताए । त्यो पनि न्युन आय भएको व्यक्तिका लागि । सु–सम्पन्न व्यक्ति त लिन नै आउँदैन नि ? उनले भने, वर्षमा कम्तिमा ५/१० वटै व्यक्तिहरुको निधन होला । मैले गरेको निर्णयका आधारमा त्यो किसिमको रकम वडामा दिन नमिल्ने भए, वा पालिकाले नदिने भएपनि मेरो पारिश्रमिकले पनि पुग्छ । पारिश्रमिकबाट भएपनि दिन्छु उनले थपे ।


त्यस्तै जाजरकोट शिवालय गाउँपालिकाकी उपाध्यक्ष गिता शाहीले वृद्धभत्ता गाउँ, गाउँ गएर वितरण गर्ने र न्याय लिन पालिकामा आएका महिलालाइ सुरक्षित आवास ,खाना र बस्नको लागि व्यवस्था गर्ने बताएकी छिन् । २४ बर्षीया कान्छी उपाध्यक्ष शाहीले यो पहिलो घोषणा गरेकी हुन् ।





error: Content is protected !!