लुम्विनी प्रदेशमा रुख ढल्दा कर्णालीमा विद्युत सेवा अवरुद्ध

सुर्खेत , ७ जेठ ः बाँकेको बैजनाथ गाउँपालिका १ चिसापानीमा हावाहुरीका कारण रुख ढल्दा विद्युत प्रशारण लाइनमा क्षती भएपछि कर्णालीमा विद्युत सेवा गएराती देखि अवरुद्ध भएको छ । शनिबार बेलुकी चलेको हावाहुरीले गर्दा रुख ढल्दा ३३ केभी प्रशारण लाइनको प्रशारण लाइन चुडिएपछि विद्युत सेवा अवरुद्ध भएको हो ।

आइतबार विहान देखि उक्त ढलेका रुखहरु हटाएर प्रशारण लाइनमा मर्मतको काम सुरु भएको नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ । १३३ केभी प्रशारण लाइन निर्माण गर्न ढिलाइ हुँदा हावाहुरी चल्न वित्तिकै कर्णालीमा विद्युत सेवा अवरुद्ध हुने गर्दछ । गएराती देखि सुर्खेत , सल्यान , जाजरकोट , कालिकोट ,जुम्ला र दैलेखमा विद्युत सेवा अवरुद्ध भएको छ ।
राती रुख ढलेका कारण समस्य भएको ठाउँ पत्ता लगाउन मुस्किल भएको प्राधिकरणले बताएको छ । लुम्विनी प्रदेशको कोहलपुर हुँदै कर्णाली प्रदेशमा विद्युत प्रशारण लाइन आउने गर्दछ । विद्युतमा हुने समस्यले गर्दा काममा बाधा पुगेको सेवाग्रहीहरु बताउँछन् ।





error: Content is protected !!