चौकुनेको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

सुर्खेत ः सुर्खेतको चौकुने गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार खड्ग विक ५ हजार ४७६ मत ल्याएर विजय भएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसको नरबहादुर बान्तोला ४ हजार ७९१ मत ल्याएर निर्वाचित भएका छन् ।
विकले ५ हजार ४७६ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका हरि अधिकारीले तीन हजार ४१४ मत पाए । नेकपा एकीकृत समाजवादीका अध्यक्षका उम्मेदवार रत्नाकुमारी बिसीले २९१ मत पाइन् ।
उपाध्यक्षमा निर्वाचित कांग्रेसका बान्तोलाले ४ हजार ७९१ मत ल्याए । नेकपा एमालेकी निर्मला मगरले ३ हजार ९ मत ल्याएर दोस्रो भइन् ।










