बारेकोटको अध्यक्षमा एमालेका वीरबहादुर र उपाध्यक्षमा माओवादीका नरबहादुर गिरी विजयी

जाजरकोट , ४ जेठ ः जाजरकोटको बारेकोट गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका वीरबहादुर गिरी ३९५४ ल्याएर  निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका निवर्तमान गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले ३८४५ मत ल्याएर  पराजित भएका छन् ।

यस्तै, उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मेदवार नरबहादुर गिरी ३६६३ भाेट ल्याएर एमालेकी उम्मेदवार गिता सि‌हलाइ पराजित भएकी छिन । गिताले ३४०१ भाेट ल्याएर पराजित भइन ।  २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट महेन्द्रबहादुर शाह निर्वाचित भएका थिए ।
बारेकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस वीच चुनावी गठबन्धन भएको थियो नेकपा एमालेले एक्लै निर्वाचनमा होम्मिएको थियो । अध्यक्षमा निर्वाचित गिरी प्रेस चौतारी नेपालका पूर्व केन्द्रिय उपाध्यक्ष समेत थिए ।





error: Content is protected !!