आठबीसकोटमा माओवादी विजयी

सुर्खेत , ४ जेठ ः रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा नेकपा ( माओवादी केन्द्र) का रबी केसीले जित हात पारेका छन् । उनले ७३९९ भोट ल्याएर निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेस र नेकपा एमालेका संयुक्त उम्मेदवार ( कांग्रेस) धिरेन्द्र बटालालाइ पराजित गरे ।

बटालाले ६६१५ भोट ल्याएर पराजित भएका छन् । त्यस्तै उपप्रमुखमा नेकपा ( माओवादी केन्द्र) धनकुमारी शाहीले ७२६५ भोट ल्याएर प्रतिद्धन्द्धी नेकपा एमालेबाट कांग्रेस, एमालेका संयुक्त उम्मेदवार दिनेश चन्दलाइ पराजित गरिन् । चन्दले ६२६८ भोट ल्याएर पराजित भए । यो भन्दा अघिल्लो चुनावमा पनि माओवादीले जितेको थियो ।





error: Content is protected !!