निर्वाचन आचारसंहिता आजैदेखि लागू, उल्लंघन गर्नेलाई कारबाही

काठमाडौं ः निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि आजैदेखि आचारसंहिता लागू गरेको छ। आयोगले कार्यालयमा पत्रकार सम्मेलन गर्दै मतदानको ३५ दिनअघि आचारसंहिता लागू गरेको हो। आचारसंहिता यसअघि नै राजपत्रमा प्रकाशित भइसकेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आचारसंहिता कार्यान्वयन हुनेमा आफूहरु ढुक्क रहेको बताए। पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै प्रमुख आयुक्त थपलियाले उल्लंघन गर्नेलाई कानुन बमोजिम कारबाही गर्न आयोग दृढ रहेको बताए।

‘हरेक निर्वाचनका बेला आचारसंहिता कार्यान्वयनको प्रश्न उठ्ने गरेको छ, राजपत्रमा प्रकाशित भइसकेपछि हामीले १५ ठाउँमा अन्तरक्रिया गर्‍यौं, सबैले राम्रो छ भनेका छन्  थपलियाले भने, दलहरुले पनि कार्यान्वयन गर्न प्रतिवद्धता जनाउनुभएको छ, एकातिर प्रतिवद्धता जनाउने अनि अर्कोतिर कार्यान्वयन हुन्छ कि हुँदैन भनेर शंका गर्ने कुरा मिलेन।’

निर्वाचन लड्ने स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिनुपर्ने विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यहाँबाट आउने अन्तिम निर्णय बमोजिम नै हुनेगरी आचारसंहिता लागू हुने आयोगको भनाइ छ।

प्रमुख आयुक्त थपलियाले अब आयोगले राजीनामा भन्दा पनि स्वघोषणालाई जोड दिने बताए।

ुलाभको पद धारण नगरेको हुनुपर्ने भन्ने स्पष्ट व्यवस्था कानुनमा छ, कसैले त्यति हुँदा हुँदै पनि उम्मेदवार हुने आँट गर्छन् भने सलाम गर्ने होु, उनले चेतावनीयुक्त भाषामा भने, ुपछि अदालतमा प्रश्न उठ्ने, उम्मेदवारी रद्ध हुने परिस्थिती आउनेतर्फ पनि त सोच्नुपर्‍यो।




सम्बन्धित समाचार


error: Content is protected !!