प्रस्तावित सिँचाइ नीति र नदी तथा जल उत्पन्न प्रकोप व्यवस्थापन नीति माथी संघीय सरकार र प्रदेश बीच छलफल

काठमाडाैँ / प्रस्तावित सिँचाइ नीति र नदी तथा जल उत्पन्न प्रकोप व्यवस्थापन नीति माथीको छलफल सुरु भएको छ । संघीय सरकार र प्रादेशीक सरकारको बीचमा उक्त अन्तरक्रिया सुरु भएको हो ।

काठमाडौँमा भएको उक्त छलफलमा ७ वटै प्रदेशमा जलस्रोत तथा उर्जा विकास मन्त्री तथा सचिवहरुको सहभागीता रहेको छ । कर्णाली प्रदेशबाट मन्त्री गणेशप्रसाद सिंह , सचिव डा जगदिश्वर कर्माचार्य र महाशाखाका प्रमुख गोपाल शर्मा सहभागी हुनुभएको छ । उहाँहरुले कर्णाली प्रदेशको विषयमा आफ्नो धारणा राख्नुहुने छ । त्यस्तै सचिवहरुलाइ लिखित रुपमा सुझाव दिन समेत आग्रह गरिएको छ ।





error: Content is protected !!