वन डढेलो नियन्त्रण तथा फिल्ड अभ्यास (फोटो फिचर)

सल्यान ः वन ज‌ंगल तथा अन्य ठाउँमा आगलागी हुन नदिनका लागि अभ्यासको काम सुरु भएको छ । डिभिजन वन कार्यालय सल्यानको आयोजनामा सचेतना तथा फिल्ड अभ्यासको काम सुरु गरिएको डिभिजन प्रमुख रमेश गिरीले जानकारी दिनुभयो ।

उक्त अभ्यासमा आगलागीबाट हुने क्षतीलाइ कम गर्नका लागि अग्नि रेखा निर्माण देखि आगलागी हुनै नदिन सचेतनाका कार्यक्रमहरु समेत गरिएको छ । फिल्डमै गएर आगलागीबाट हुने क्षतीबाट जाेगाउनुका साथै रोकथान , नियन्त्रण गर्न स्थानीबासीहरुको समेत सहभागितामा दीगो वन व्यवस्थापनका लागि वन डढेलो नियन्त्रण अपरिहार्य भएकाले सचेतना तथा फिल्ड अभ्यासको काम गरिएको हो ।

बिभिन्न कामहरुमा आफूलाइ अब्बल सावित गर्दै आएको डिभिजन वन कार्यालय सल्यान वन डढेलो नियन्त्रण तथा फिल्ड अभ्यासमा समेत अग्रणी देखिएको छ । गर्मी मौसम बढेसँगै हावाहुरी चल्ने सिजन समेत सुरु हुदै गर्दा यो अभ्यास प्रभावकारी हुने अपेक्षा लिइएको छ ।





error: Content is protected !!