कर्णाली प्रदेशमा १३३ जना कर्मचारीको माग, स्टाफ नर्सदेखि सबइन्जिनियरसम्मले आवेदन दिन पाउने

सुर्खेत ः  कर्णाली प्रदेश सरकारले स्थानीय तहको चुनावको मुखैमा १३३ जना करारमा कर्मचारी भर्न गर्नका लागि माग गरेको छ । प्रदेश सरकारले स्वयंसेवक परिचालन कार्यक्रमका लागि कर्मचारी करारमा भर्नका लागि माग गरेको हो ।
सामाजिक विकास मन्त्रालयले १३३ जना हेल्थ अस्टिस्टेण्ट, ल्याब असिस्टेण्ट, स्टाफ नर्स, सबइन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक (शिक्षा) अनमी, अहेव, कृषि (जेटिए), सवइन्जिनियर, भेटनरी जेटिए, इलेट्रिकल सबइन्जिनियर र अमिन माग गरेको छ । कालीकोट र जुम्ला १४/ १४ जना , सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा १२/ १२ कर्मचारीको माग गरिएको छ ।
मुगु, डोल्पा र हुम्लामा १५/१५ जना मागिएको छ । सबै पदमा १५ दिन भित्र आवेदन माग गरिएको छ । प्रदेश सरकारको मताहातमा रहेका कार्यालयमा कर्मचारी अभाव भएर काम गर्न समस्य भएको भन्दै स्वयंसेवक माग गरिएको जनाएको छ । पारिश्रमिक र सेवा,सुविधा उपलब्ध प्रदेश सरकारले दिने छ । हिमाली तथा विकट जिल्लाहरुमा बढी कर्मचारी माग गरिएको छ । कर्मचारी अभाव झेलिरहेको कर्णालीमा बर्षेनी करारमा भर्ना गरिदै आइएको छ ।

 





error: Content is protected !!