मुड्केचुलामा माओवादीको जनलहर,प्रवेश गर्नेको लर्को

डोल्पा ः डोल्पाको मुड्केचुला गाउँपालिकामा माओवादी केन्द्रमा प्रवेश गर्नेको लर्को लागेको छ । गाउँपालिकाको वडा नं ८ ओक्टमा आयोजित कार्यक्रममा काङ्ग्रेस र एमालेबाट ५६ जनाले पार्टी प्रवेश गरेकाहुन् ।
नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य रुपा रोकाय र नेकपा एमाले वडा कमिटी सदस्य रुपा रोकाय सहित ५६ जनाले माओवादी केन्द्रमा प्रवेश गरेकाहुन् ।
त्यसैगरी होर्त गाउँमा नेकपा एमालेबाट २५ जनाले माओवादी केन्द्रमा प्रवेश गरेकाछन् । प्रवेश गर्ने सबैलाई प्रदेश सभा सदस्य बीरबहादुर शाहीले स्वागत गरेकाहुन् ।
स्थानीय निर्वाचन नजिकिँदै गर्दा डोल्पामा माओवादीमा प्रवेश गर्नेको लहर चलेको उनले सांसद शाहीले बताए । यसैपनि माओवादीको बलियो पकड रहेको मुड्केचुलामा पुरै माओवादीमय भएको छ ।



