जनप्रतिनिधीको पाँच बर्ष – नलगाडले बनायो ,७८ कानुन, ९०.५१ किलो मिटर सडक नयाँ ट्रयाक र स्तरोन्नती

सञ्जय केसी
जाजरकोट ,नलगाड नगरपालिकाले पाँच वर्ष सम्मा गरेका कामको प्रगती विवरण सार्वजानिक गरेको छ ।
पहिलो नगर सरकारले पाँच बर्षिय कार्यकालमा गरेका कामहरुको सार्वजनिक गरेको हो । शुन्यता बाट सुरु गरेको नगरले अहिले आफ्नै प्रशासनिक भवन सहित १३ वटै वडाको कार्यालय समेत निर्माण गरेको नगर प्रमुख टेकबहादुर रावलले बताउनुभयो ।
सुशासनयूक्त कार्य सम्पादनलाई सहज, सरल र व्यवस्थित गर्न नगर सभाबाट विभिन्न ऐन, नियमावली, कार्यविधी, निर्देशिका, मापदण्ड तथा नीतिहरु गरी ७८ वटा कानुनहरु पारित गरी लागु गरिएको नगर प्रमुख रावलको भनाई छ । सञ्चार क्षेत्रको विकास गर्न नगरपालिकाको वडा ४ को खान्टाकुरामा नलगाड एफ.एम रेडियो सञ्चालनको प्रक्रियामा रहेको छ । नगरभित्रका प्रत्येक माद्यामिक विद्यालय, स्वास्थ्य संस्था, इलाका प्रहरी कार्यालय र सबै प्रहरी चौकीमा इन्टरनेट जडान गरिएको छ ।
गुनासो सुन्ने अधिकारी तथा सूचना अधिकारी व्यवस्था र नागरिक वडापत्र, उजुरी पेटिकाको व्यवस्था समेत गरिएको उहाँले बताउनुभयो । स्थानीय हावा–पानी र माटो सुहाउँदो सम्भाव्यता अध्ययन गरी १२ वटा बालीबस्तुको पकेट क्षेत्र पहिचान गरी ३ वटा बालीको पकेट क्षेत्र र ९ वटा बस्तुको क्षेत्र विस्तार गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको वडा नं १, २ र ४ लाई मह पकेट क्षेत्र, वडा नं २, ३, ४, ५, ७ र ८ लाई तरकारी पकेट क्षेत्र, वडा नं ३ लाई सुन्तला, अलैची र प्याज पकेट क्षेत्र, वडा नं ५ लाई मकै र कागती पकेट क्षेत्र, वडा नं ६ लाई टिमुर र आलु पकेट क्षेत्र, वडा नं ७ र ८ लाई धान पकेट क्षेत्र, वडा नं ९, १० र ११ लसुन पकेट क्षेत्र, वडा नं १२, १३ लाई पशुपालन पकेट क्षेत्र र १३ नं वडालाई स्याउ, नास्पती, ओखर लगाएतका फलफूल पकेट क्षेत्र घोषणा गरी नगरपालिकाले लगानी गरेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिनुभयो ।
त्यस्तै अर्गानिक खेती प्रवद्र्धन तथा रैथाने बालीको संरक्षण गर्न १५ रोपनी जग्गामा कालो धानको क्षेत्र विस्तार गरिएको छ । परम्परागत कृषि उत्पादनको विकास गर्नुको साथै आधुनिकीकरण कृषि उत्पादनलाई जोड्न ५० प्रतिशत अनुदानमा औजार तथा उपकरण वितरण गरिएको उहाँले बताउनुभयो । कृषि उपजको बजार सुनिश्चित गर्न कृषि क्षेत्र विकास कार्यक्रमसँगको सह–लगानीमा नलगाड नगरपालिका वडा नं. ७ दल्लीमा कृषि हाटबजार आयोजना बिस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) रिर्पोट निर्माण गरी बोलपत्र आव्हान गरिएको छ । कृषि पेशालाई मर्यादित तथा सम्मानित पेशाको रुपमा स्थापित गर्न नगर प्रमुख उत्कृष्ट पुरस्कारको व्यवस्था गरी प्रत्येक बर्ष उत्कृष्ट किसान, समुह, सहकारी र निजी फर्मलाई सम्मान सहित पुरस्कार वितरण गरिदै आएको नगरपालिकाले जनाएको छ । कृषि प्रविधि प्रदर्शन, अनुसन्धान तथा प्रसार गर्न नलगाड नगरपालिका वडा नं. ५ मा कृषक सिकाई केन्द्रको स्थापना गरीएको छ । सिकाई केन्द्रमा नयाँ प्रविधिको जडान गरेर प्रदर्शन गरिएको बताएको छ । दैनिक ५–१० जना कृषकले प्रविधिको अवलोकण गर्ने वातावरण सिर्जना गरिएको छ ।
मौरी पालन व्यवसायलाई प्रवद्र्धन गर्न किसानहरुलाई मौरीका गोला सहित आधुनिक घार वितरण कार्यक्रम जारी राखिएको बताएको छ । दिगो र नवीनतम प्रविधिको संरचना निमार्ण गरी बेमौषमी तरकारी खेतीको विकास गर्न आधुनिक पक्की फलामे टनेल निर्माण गर्नुका साथै कृषकका फलफूल बगैचा सुदृढिकरण गर्न आरी, सिकेचर, स्पेयर टंकी लगाएतका उपकरण वितरण गरि कृषकको जीव स्तरमा सहयोग पुर्याएको नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो ।
साना किसानलाई कृषि पेशामा आबद्ध गराई आयआर्जनमा जोड्न करेसाबारी सम्बन्धि तालिम दिनुको साथै टनेलको लागि प्लाष्ट्रिक, हजारी, थोपा सिंचाई, गार्डेन पाइप, स्पेयर टंकी बितरण गरिएको छ । कृषि सिंचाईका लागि विभिन्न साइजको प्लाष्ट्रिक, पाईप बितरण गरिएको छ । कृषकलाई प्याकेज कार्यक्रम प्रदान गर्ने गरिएको छ । समूह प्रसार पद्धति मार्फत कृषि प्रसार सेवा प्रदान गर्न कृषक समूह दर्ता गर्ने गरिएको छ ।
पशु पालन सम्वन्धी यस्था कामहरु
नलगाड नगरपालिका– २ भैसी र बाख्रापालन क्षेत्र, वडा नं. ९, १०, ११, १२ र १३ लाई बाख्रापालन क्षेत्र घोषणा गरी लगानी विस्तार गरिएको बताएको छ । दुध उत्पादन र खपत, मासु उत्पादन र खपतमा चौगुणा वृद्धि भएको छ । वडा नं. ९, १०, ११, १२ र १३ का विदेशबाट घर फर्किएका बेरोजगार युवाहरुलाई बाख्रापालन व्यवसाय गर्न ५० हजारको दरले अनुदान रकम दिएर रोजगारी सिर्जना गरिएको छ ।
शिक्षा क्षेत्रमा पनि संमृद्धि
पाँचौ नगर सभाबाट आ.ब. २०७६÷०७७ देखि लागु हुनेगरी २० वटा बालविकास केन्द्रको स्थापना गरी बालबालिकाहरुको पठनपाठनलाई सहज बनाईएको नगरपालिकाले जनाएको छ । त्यस्तै २० जना बालविकास शिक्षकलाई रोजगारी प्रदान गरिएको बताएको छ । नगरपालिका वडा नं. १ देखि १३ सम्मका ३६ वटा विद्यालयको पक्की र ४७ वटा विद्यालयको कच्ची भवन निर्माण तथा मर्मत भएको छ। नगरपालिकाका १४ वटा विद्यालयलाई नमुना विद्यालय घोषणा गरिएको छ । १३ विद्यालयहरुमा टकिंग टिचर प्रणाली लागु गरिएको भने, ६ विद्यालयहरुमा प्रतिविद्यार्थी एक ल्यापटपको व्यवस्था गरी कम्प्युटर शिक्षा प्रदान गरिएको छ । सबै माध्यामिक विद्यालयमा विद्युतिय ई हाजिरी प्रणाली लागु गरिएको छ । माध्यामिक तहका छात्राहरुलाई निशुल्क स्यानिटरी प्याड वितरण गर्ने गरिएको छ । माध्यामिक तहका ३ वटा विद्यालयमा विज्ञान प्रयोगशाला, ४ वटा विद्यालयमा आई.सि.टि. व्यवस्थापन र ३ विद्यालयमा पुस्तकालय व्यवस्थापन गरिएको छ ।
स्वास्थ्य क्षेत्रमा क्रान्ति
नलगाड नगरपालिका –१ देखि १३ सम्म १२ वटा आफ्नै भवन, स्वास्थ्य उपकरण, औषधि र दरवन्दी सहित सामुदायिक स्वास्थ्य इकाई स्थापना गरी स्वास्थ्य सेवा प्रवाह थालनी गरिएको छ । वडा नं. ३ को कैना र वडा नं. ११ को चौखा स्वास्थ्य चौकीमा दरवन्दी सहित ल्याव प्रयोगशाला संचालनमा आएको बताएको छ । करार सेवामा नगरपालिकाले विशेषज्ञ डाक्टर भर्नागरी प्राथमिक स्वास्थ्य केन्द्र दल्लीबाट बाह्रै महिना विशेषज्ञ स्वास्थ्य सेवा संचालन ल्याइएको नगरप्रमुख रावलले बताउनुभयो । वडा नं. ७ को दल्लीमा २२ करोड ३ लाखको अनुमानित लागतमा १५ शश्या प्राथमिक नगर अस्पतालको भवन निर्माणको कामको सम्झौता गरी निर्माण कार्य सुरु भएको जनाएको छ । स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरुलाई नगरपालिकाले १००० प्रोत्साहन भत्ताको सुविधा थप गरी कामलाइ तिव्रता दिइएको छ ।
जसले गर्दा आ.व. २०७४÷०७५ मा संस्थामा सुत्केरी हुने महिलाको संख्या १६४ रहेको थियो भने, आ.व. २०७७÷०७८ मा संस्थागत सुत्केरी हुने महिलाको संख्या ४६१ पुगेको छ । नगरपालिकाले अक्सिमिक कोष सञ्चालन निर्देशिका २०७८ जारीगरी मुटु, मृगौला, क्यान्सर, टाउको र मेरुदण्डको सर्जरी, अल्जाईमर्स रोगका बिरामीलाई २० हजारको दरले उपचार सहयोग पाइरहेको उहाँले बताउनुभयो । संरक्षक नभएका जोखिममा परेका बालबालिका र ७० वर्ष माथिका जोखिममा परेका जेष्ठ नागरिकलाई नगरपालिकाहरुलाई १० हजारको दरले औषधि उपचार कार्य सुचारु भएको छ ।
घाईतेहरुको उपचार तथा एम्वुलेन्स सेवामा नगरपालिकाबाट १५ हजार सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ । नगरपालिकाले १३ स्वास्थ्य संस्था र ५ वटा गाउँघर तथा खोप क्लिनिक भवन निर्माण कार्य सम्पन्न भएको छ । १०८ जनालाई स्वास्थ्य उपचारको लागि आर्थिक सहायता उपलव्ध गराईएको नगरपालिकाले बताएको छ । जेष्ठ नागरिक, महिला तथा बालबालिकाहरुको लागि आँखा, नाक, कान, घाटी, पाठेघर, र मानसिक स्वास्थ्य शिवीर संचालन गरी १८५० भन्दा बढीलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको छ ।
खानेपानी तर्फ
खानेपानी योजनाका ९ वटा क्याचमेन्ट, ९१ वटा ईन्टेक, ४७ वटा ट्याङ्की, २ वटा डि.टि., ३१ वटा वि.पी.टि., ३६६ वटा धारा निर्माण गरिएको छ । ३४७.७ किलो मिटर पाईपलाईन बिस्तार गरी नगरबासीलाई शुद्ध खानेपानीको सुविधा प्रदान गरिएको छ । १३ वटा नमुना बस्तीहरुमा महिला र पुरुषहरुको लागि फरक कोठा भएको सार्वजनिक शौचालयको निर्माण गरिएको छ । खानेपानीका ठुला आयोजनाहरुमा वडा नं. ७ मा साडे ३ करोड लागतमा भेरीखोला मुहान भई काँडादल्ली बफेलगाउँ खेगनकोट खानेपानी आयोजनाको निर्माणकार्य सम्पन्न गरिएको छ । नहकुली–जुरेली, रावतगाउँमा ठुला खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न गरिएको छ । न्यायिक समितिबाट हालसम्ममा १२१ निवेदन दर्ता भएकोमा ९९ उजुरी फछ्यौट गरी विचाराधिन अवस्थामा २२ उजुरीहरु रहेका छन ।
भौतिक पूर्वाधार विकासका उपलब्धी
९०.५१ किलोमिटर नयाँ सडकको ट्रयाक खोल्ने तथा सडकको स्तरोन्नती गर्ने काम सम्पन्न भएको छ । १८६.३७ किलो मिटर सडक मर्मत तथा सडक सफा गर्ने काम सम्पन्न गरिएको छ । सबै वडा कार्यालयको प्रशासनिक केन्द्रहरुलाई नगर सडक संजालमा जोडिएको छ । प्रधानमन्त्री र मूख्यमन्त्री रोजगार कार्यक्रमबाट १८०.२६ किलो मिटर घोरेटो बाटो निर्माण गरिएको छ । १९ वटा काठे, २ वटा झोलुङ्गे, १ पक्की पुल र ४ वटा टस्टवृजहरु निर्माण गरिएको छ ।
नगरपालिकाको प्रशासनिक भवन, १३ वटा वडा कार्यालय, १९ वटा स्वास्थ्य संस्था, ३६ वटा विद्यालय, १ वटा पशुसेवा चौखा, १ वटा नलगाड बहुमुखी क्याम्पस, २ वटा सहकारी संस्थाका गरी ६३ वटा संस्थागत पक्की भवन निर्माण कार्य सम्पन्न भरिएको छ । वडा नं. ५ मा १३ किलोवाट विद्युत उत्पादन क्षमता भएको लघुजलविद्युत आयोजना निर्माण गरिएको छ । नगरपालिका भित्रका विभिन्न लघुजलविद्युत आयोजनाबाट ३९.९ किलो मिटर विद्युत प्रसारण लाईन विस्तार गरिएको छ ।
पाँच बर्षमा ३६ पटक लघुजलविद्युत आयोजनाको मर्मत सम्मार गरिएको छ । विद्युतको पहुँचमा नभएका वडा नं. १, ६, १०, ११ र १२ का गरीब तथा विपन्न नागरिकलाई १,२०३ सेट सोलार सेट वितरण गरिएको छ । ३०३ घरपरिवारलाई फलामे चुलो वितरण गरिएको छ ।



