एकीकृत बस्तीे समस्या बारे कर्णाली सरकार गुहार्दै स्थानीय सरकार

हेमन्त केसी
सुर्खेत, ९ चैत ः एकीकृत बस्ती विकास कार्यक्रमका घरहरु पाखा र डाडाहरुमा निर्माण गर्नुपर्ने भएपछि जाजरकोटका जनप्रतिनिधिले कर्णाली प्रदेश सरकारसँग कार्यविधि सच्याउन माग गरेका छन् ।
पहाडको डाडाहरुमा जग्गा जमिन भएकै ठाउँमा घर निर्माण गर्नुपर्ने भएपछि कार्यविधिमा भने अनुसारको एकै ठाउँमा सँगै घर निर्माण गर्न नसकिने स्थानीय तहका प्रमुखहरुको भनाइ रहेको छ । बारेकोट –४ मा ६० घर र जुनिचाँदे ७ मा ४० घर निर्माण गर्नका लागि कर्णाली प्रदेश सरकारले बजेट स्थानीय तहलाइ पठाएको थियो । स्थानीय तहले सो कार्यविधि अनुसार घर निर्माण गर्न नसकिने भन्दै प्रदेश सरकारसँग पटक ,पटक ध्यानाक्रषण गराउदै आएका थिए ।
कार्यविधिमा सबै घर एकै ठाउँमा निर्माण गर्ने भनिएपछि स्थानीयबासीहरुले सो कार्यविधि अनुसार घर निर्माण गर्न नसकिने बताउदै आएका छन् । खेतीपाती गरिरहेको ठाउँ नजिकै घर निर्माण गर्न पाउनु पर्ने सर्वसाधारणको भनाइ रहेको छ । पशु चौपायले वाट निकालिएको मलहरु सजिलै खेतबारी लिन सकिने ठाउँमा नै घर बनाउन पाउनुपर्ने स्थानीयबासीको माग रहेको जुनिचादे गाउँपालिकाकी कावाध्यक्ष शिवा आचार्यले बताउनुभयो ।
सबै एकै ठाउँमा घर निर्माण गर्नका लागि जमिन समेत नभएको हुँदा स्थानीयले पायक पर्ने ठाउँमा घर निर्माण भएमा मात्र त्यो बस्तु निष्ट हुने बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले पैसा पनि दिने तर कार्यबिधि समस्यमुलक पठाएर काम नगर भन्न खोजेको जस्तो भएको बताउनुभयो । दुइ वर्ष अघि बाढी पहिरोले घर भत्काएर त्रिपालमुनी बसीरहेका सर्वसाधारणलाइ छिटो घर निर्माण गर्नुपर्ने भएपनि कार्यविधि माथीको झनझलले गर्दा अझै घर निर्माणको काम हुन सकेको छैन ।
वर्षेनी बजेट कर्णाली प्रदेश सरकारले पठाएपनि सबै घर एकै ठाउँमा बनाउनुपर्ने भन्ने कार्यविधिका कारण काम नसकेको हो । सबै घर एकै ठाउँमा बनाउनका लागि जनिम पनि नहुनु र सर्वसाधारणलाइ आफ्नो जग्गा जमिन भएको ठाउँमा जान अनि आउन समेत समस्या हुने भएकाले त्यो कार्य अगाडी बढ्न नसकेको हो । हिजो मात्र जाजरकोटका जनप्रतिनिधि सहित कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही , जलस्रोत तथा उर्जाविकासमन्त्री गणेशप्रसाद सिंहको सहभागीतामा घर निर्माण गर्दा जनतालाइ समस्या पर्न नदिने गरी काम गर्ने व्यवस्थापन हुने सहमति भएको छ । त्यो सहमति अनुसार एकै ठाउँमा ७ वटा सम्मा घर निर्माण गर्न दिने सहमति भएको जलस्रोत तथा उर्जाविकासमन्त्री सिंहले बताउनुभयो ।
आर्थिक वर्ष २०६६/७७ मा २ करोड ७० लाख , आर्थिक वर्ष ७७/७८ मा १ करोड र चालु आर्थिक वर्ष २०७८/७९ मा २ करोड बजेट एकीकृत बस्ती विकास कार्यक्रमका लागि जुनिचाँदे गाउँपालिकामा बजेट गएको छ ।
्त्यस्तै बारेकोट गाउँपालिकामा ५ करोड बजेट पठाएको छ । पीडा र दुखमा रहेका जनताले महसुस गर्ने गरी विकास गर्न खोजेको भएपनि काम गर्दा ढिलो हुनुलाइ अन्याथा नमानी जनतासँग सहकार्य गरेर अगाडी बढ्न मन्त्री सिंहले बताउनुभयो । जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकरी झलक केसीले तत्काल कार्यविधि सच्याएर जनताको काम गर्न आग्रह गनुभयो । पैसा पनि पठाएको छ तर हात खुट्ट बाँधेर गएको पैसाले जनतालाइ काम गर्न मुस्किल भएको उहाँले बताउनुभयो ।
कार्यविधि सच्याउनका लागि आफू सकरात्मक रहेको मुख्यमन्त्री जीवनबहादुर शाहीले कम्तिमा ७ वटा सम्मा घर एकै ठाउँमा निर्माण गर्ने अवस्था सिर्जना हुने बताउनुभयो ।



