मन्त्रिपरिषद् हेरफेरको सम्भावना छ – दाहाल

काठमाडौँ –  सत्तारुढ गठबन्धनका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनमा नै मन्त्रिपरिषद्‍मा हेरफेर हुने तयारी भइरहेको बताएका छन् । उनले जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरषद्‍‍मा हेरफेर र पूर्णता दिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको जानकारी दिएका हुन् ।

मधेस प्रदेशमा मंगलबार आयोजना हुने पार्टी कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका दाहालले भने, मन्त्रिपरिषद्‍मा हेरफेरको कुरा चलेको छ । औपचारिक रूपमा कुरा टुंगिएको छैन । केही हेरफेर हुने कुरा भएको छ । नयाँ मन्त्री आउने सम्भावना छ ।

मन्त्रिपरिषद्‍मा हेरफेर हुँदा पार्टीलाई हैसियतअनुसारको हिस्सा दिनका लागि प्रधानमन्त्रीलाई भनेको पनि दाहालले बताए । उनले पार्टीले गठबन्धन बचाउनका लागि माओवादीले त्याग गरेको पनि बताए । हामीले जति मन्त्रालय पाउनुपर्ने मन्त्रालय हो त्यो पाउनुपर्छ भनेर प्रधानमन्त्रीजीलाई भनेको छ उनले भने, विगतमा प्रधानमन्त्रीले महाधिवेशनसम्म सहयोग गर्नुपर्‍यो भन्नुभयो । माधव नेपालले मैले भर्खर पार्टी बनाएकाले सहयोग गर्नुपर्ने भनेकाले हिजो त्यस्तो भएको हो ।

दाहालले गठबन्धनका लागि त्याग गर्ने काम माओवादीले मात्रै गरेको पनि बताए । मन्त्रिपरिषद्‍मा हेरफपेर हुने स्थिति आयो भने हैसियतअनुसार मन्त्रालय चाहिन्छ भनेका छौं, उनले भने ।





error: Content is protected !!