कर्णाली प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षमा शाहलाई पठाउने निर्णय

जाजरकोट ः कर्णाली प्रदेश सभाको अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षमा जाजरकोट बाट निर्वाचित प्रदेश सभा सदस्य कृष्णा शाहलाई पठाउने निर्णय गरिएको छ ।

बिहीबार बसेका नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकले शाहलाई अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षमा पठाउने निर्णय गरेको हो । यस्तै संसदीय दलले प्रदेशसभालाई प्रभावकारी बनाउनका लागि दलले खेल्नुपर्ने भूमिकाका बारेमा पनि छलफल गरेको छ ।

आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पार्टीमा जनलहर सिर्जना गर्न र पहिलो शक्तिको रुपमा स्थापित गर्नका लागि प्रदेशसभा सदस्यहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा खट्न निर्देशन दिएको छ ।

माओवादी केन्द्रका नेता नरेश भण्डारीले भने, ‘सरकारका कामकारबाहीलाई प्रभावकारी तरिकाले परिणाम मुखी तरिकाले बनाउनका लागि आवश्यक सहयोग गर्ने पार्टीबाट सरकारमा पठाइएका मन्त्रीहरुलाई जनपक्षीय रुपमा काम गर्न निर्देशन गर्ने निर्णय पनि भएको छ भने रिक्त रहेको प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिमा प्रदेशसभा सदस्य कृष्णा शाहलाई पठाउने निर्णय गरिएको छ ।’





error: Content is protected !!