हिमाली जिल्लाका कर्मचारीका दुख ?

हेमन्त केसी
सुर्खेत , २ चैत ः कर्णाली प्रदेशमा रहेका हिमाली जिल्लाहरुमा विकास खर्च कम्जोर देखिएको छ ।  चैत १ गते प्रदेशका १० जिल्लाका खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयका प्रमुखसँग जलस्रोत तथा उर्जाविकासमन्त्री गणेशप्रसाद सिंहले भचुअल मार्फत मासिक प्रगती विवतरणको अवस्था जानकारी लिने क्रम्मा यस्तो पत्ता लागेको हो ।

प्रदेश सरकारले ढिला गरेर विकासे कार्यक्रमको अक्तियारी पठाउनु र अक्तियारी पाउने समयमा हिमाली जिल्लामा हिमपात सुरु हुने भएकाले फिल्डको काम गर्न नसकिएको कार्यालय प्रमुखहरुको भनाइ छ । कात्तिक महिना देखि सुरु भएको हिमपात फागुनको अन्तिम सम्मा रहने भएकाले कर्मचारीहरु गाउँ सम्मा जान नसकेको हुम्लाका कार्यालय प्रमुख अक्कलबहादुर महतले बताउनुभयो । कर्मचारीको अभावका साथै सबै ठाउँमा हिडेर अनुगमण , निरीक्षण गर्दा काम गर्न समस्या भएको महतको भनाइ छ ।

अहिल चैत महिनामा पनि आधा क्षेत्र हिउँले ढाकेको कारण अनुगमणमा गएर रिर्पोट ल्याउन नै मुस्किल रहेको छ । भूगोल विकट भएकाले एक ठाँउबाट अर्को ठाउँमा जान मात्र हप्ता दिन लाग्ने गर्दछ । सदरमुकामबाट चंखेली , ताजाकोट , अदानचुली तर्फ जान मात्र हप्ता दिन लाग्ने गरेको उहाँको भनाइ छ ।

पुर्जीगत तर्फ कुल १.५ प्रतिशत मात्र विकास खर्च भएको हुम्लामा सदरमुकाम देखि गाउँ , गाउँमा जाँदा सञ्चर सम्पर्क समेत विच्छेद हुने भएकाले कर्मचारीको अवस्थ बुझन समेत कार्यालयलाइ हैरान हुने गरेको छ । ज्यानको बाजी लगाएर हप्ता दिन सम्मा कार्यालयको काममा जाँदा परिवार , आफन्त र कार्यालयसँग समेत सम्पर्क विहिन हुने गरेको कर्मचारीले बताएका छन् ।

विकट गाउँमा गएर विरामी हुँदा समेत उपचारका लागि सहयोग माग्ने अवस्था नरहेको कर्मचारीको पीडा छ । हुम्लाको खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयमा सवारी साधन नहुनु अर्को दुखको कुरा भएको मासिक प्रतिबेदनमा उल्लेख  कार्यालय प्रमुख अक्कलबहादुर महतले बताउनुभयो ।

त्यस्तै उपल्लो डोल्पामा काम गर्न समस्या हुँदै आएको डोल्पा स्थित खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयका प्रमुख नविन थापाले बताउनुभयो । उपल्लो डोल्पामा भारी हिमपात हुने भएकाले तोकिएको समयमा काम गर्न समस्य भएको उहाँँको भनाइ छ । उहाँले भन्नुभयो ,‘ साना साना टुक्रे योजना भएकाले परिणाम नआउने तर दुख भने भारी हुने समस्याले गर्दा काम गर्न मुस्किल हुदै गएको छ ।

मुगुमा सवै पालिकामा खानेपानी पुर्याउने योजनामा आफू रहेको खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयमा मुगुका प्रमुख राजिव रिमालले बताउनुभयो ।

लामो जागिरीको दौरानमा आफू अधिकांश दुर्गम ठाउँमा मात्र काम गरेको भन्दै उहाँले भन्नुभयो ,‘ अधिकांश ठाउँमा निर्माण सामग्री लिन खच्चडकै प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । सदरमुकामबाट गाउँ सम्मा निर्माणको सामग्री लिदा बाटोमै आधा भएर जाने गरेको पाइन्छ । लामो बाटो , बाटो बाटोमा राख्ने र फेरी हिडाउने टुट फुट हुने भएकाले उपभोक्तालाइ समेत काम गर्न समस्य नै रहेको पाइन्छ । गाउँमा काम गर्न जाँदा परिवार आफन्तसँग पुरै सम्पर्क विहिन भएर काम गरिरहेको छु । जटिलताको बीचमा समेत काम गर्नुपरेको छ । ’

हिमाली जिल्ला भएकाले भारी हिमपातकै बीचमा काम गर्नुपरेको उहाँले बताउनुभयो । मुगुमा ४ पालिका रहेका छन् ।

त्यस्तै हिमाली जिल्ला डोल्पामा सामग्रीको मुल्य भन्दा ढुवानीको भाडाा बढी हुदा कम गर्न मुस्किल हुँदै गएको छ । उपल्लो डोल्पाका तीन पालिकामा काम गर्न मुस्किल हुने गरेको खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयमा डोल्पाका प्रमुख नविन थापाले बताउनुभयो । उहाँले भन्नुभयो , ‘ कर्मचारीले उपल्लो डोल्पामा काम गर्दा सबै भन्दा ठुलो भाषाको समस्या रहेको छ । हामीसँग अर्को एक जना भाषा बुझाउने व्यक्ति लिएर जानुपर्ने बाध्यता रहेको छ । छार्का , तिन्जे लगाएका ठाउँमा जान र आउन मात्र १० दिन भन्दा बढी लाग्छ । सरकारले दिएको तलव समेत यात्रामै सकिने गरेको छ । ’

हिमाली जिल्लाको आर्थिक वर्ष समेत फेरबदल गरी काम गर्न सके यहाँको विकास निर्माणलाइ थप टेवा पुग्ने केही सरोकारवालाले तर्क समेत उठाउदै आएका छन । उपल्लो डोल्पामा चिसो मौसममा सर्वसाधारणहरु बेशी भर्ने र तातो मौसममा यार्सागुम्वा संकलन गर्न जाने भएकाले विकास निर्माणमा समस्य हँुदै आएको छ ।

कर्णालीका १० जिल्लाको विकास खर्च बढेको र अझै हामी गतीमा हिड्नुपर्ने जलस्रोत तथा उर्जाविकास मन्त्रालयका सचिव जगदिश कर्माचार्यले बताउनुभयो । जिल्लाको विकास निर्माणको काम देखि मन्त्रालयको कामलाइ गती दिनका लागि परिणाम आउने काममा मात्र समय दिनुपर्ने उहाँले बताउनुभयो ।





error: Content is protected !!