कांग्रेस जिल्ला सभापतिमा देउवा पक्षको बहुमत, अरुको तागत कति ? (सूचीसहित)

काठमाडौं / नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सबै तहको अधिवेशन पूरा भएको छ । गत पुस अन्तिम साता कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा सम्पन्न भएको थियो । त्यतिबेला स्थगित गरिएका १६ जिल्लाको अधिवेशन आइतबार राति सम्पन्न भएका छन् ।

७७ वटै जिल्लाको परिणाम सार्वजनिक हुँदा सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले बहुमत जिल्लामा नेतृत्व हासिल गरेको छ । गत महाधिवेशनमा देउवाको प्रस्तावक बनेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पहिलो चरणमा सभापतिमै प्रतिस्पर्धा गरेर दोस्रो चरणमा देउवालाई सघाएका प्रकाशमान सिंह र विमलेन्द्र निधिनिकट नेताहरू पनि केही जिल्लाको नेतृत्वमा आएका छन् ।

सभापति देउवानिकट ४१ जना जिल्ला सभापति बनेका छन् । संस्थापनकै उपगुटका रूपमा रहेको सिटौला समूहका २ जना जिल्ला सभापति निर्वाचित भएका छन् । संस्थापनमै समेटिएका सिंहनिकट २ र निधिनिकट १ जना जिल्ला सभापति निर्वाचित भएका छन् ।

महाधिवेशनमा निकटतम प्रतिस्पर्धी रहेका नेता डा. शेखर कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री डा. शशांक कोइरालानिकट ३१ जना जिल्ला सभापतिमा निर्वाचित भएका छन् । वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कोइराला महाधिवेशनमा तटस्थ बसेपनि अधिकांश जिल्लामा मिलेरै प्रतिस्पर्धा गरेका थिए ।

कांग्रेसको महाधिवेशनका दौरान नेताहरूको गुट अदलबदल तीव्र भएका कारण जिल्ला सभापतिहरूको स्थायी गुट पहिचानमा नेताहरूमै अलमल देखिन्छ ।

‘अब अहिले जसले जसलाई पनि मिलाइरहेको हुन्छ । तीनै तहको निर्वाचनको टिकट बाँडेर संसदीय दलहरू बनेपछि मात्रै को कताको भन्ने छुट्टिन्छ । त्यतिबेलासम्म जो जता लाग्न पनि सक्छन्’, एक केन्द्रीय सदस्यले नेपाल प्रेससँग भने ।

संस्थापन (देउवा) पक्षका जिल्ला सभापतिहरू ः–
१. सिन्धुपाल्चोक– जंगबहादुर तामाङ

२. मकवानपुर– बुद्ध लामा

३. पर्सा– जनार्दनसिंह क्षेत्री

४. सर्लाही– सुरेन्द्रप्रसाद सिंह

५. बारा– राजेशराय यादव

६.. अछाम– पुष्पबहादुर शाह

७. रौतहट– सुनिलकुमार यादव

८. सिरहा– रामचन्द्र यादव

९. धनुषा– योगेन्द्र पजियार

१०. कैलाली– नारायणदत्त भट्ट

११. पाँचथर– रूपनारायण जवेगु

१२. ताप्लेजुङ– गजेन्द्रप्रसाद तुम्याहाङ

१३. ओखलढुंगा– तेजेन्द्र खनाल

१४. भक्तपुर– दुर्लभ थापा

१५. सल्यान– केशवबहादुर विष्ट

१६. डोल्पा– दीपेन्द्रबहादुर शाही

१७. डडेल्धुरा– भीमबहादुर साउद

१८. म्याग्दी– खमबहादुर गर्बुजा

१९. मुगु– ऐनबहादुर शाही

२०. मनाङ– शंकर गुरूङ

२१. हुम्ला– मोहनविक्रम सिंह

२२. बझाङ– खड्क बोहरा

२३. रामेछाप– पूर्णबहादुर (कान्छाराम) तामाङ

२४. जुम्ला– कर्णबहादुर शाही

२५. जाजरकोट– बेदराज सिंह

२६. डोटी– नरेन्द्रबहादुर सिंह

२७. रूकुम– प्रेमप्रकाश वली

२८. पर्वत– युवराज जोशी

२९. इलाम– डम्बरबहादुर खड्का

३०. सुर्खेत– खड्ग पोखरेल

३१. रूपन्देही– रामकृष्ण खाण

३२. कास्की– किशोरदत्त बराल

३३. काभ्रे– तीर्थ लामा

३४. धनकुटा– दिनेश राई

३५. रसुवा– पेम्वाछिरिङ तामाङ

३६. उदयपुर– हिमाल कार्की

३७. लमजुङ– टकराज गुरूङ

३८. बर्दिया– अरूणप्रकाश सिंह राठौर

३९. सोलुखुम्बु– नाम्गेलजाङ्बु शेर्पा

४०. कञ्चनपुर– पदम बोगटी

४१. महोत्तरी– नागेश्वर यादव

संस्थापनइतर (कोइराला–पौडेल) निकट ः
१. चितवन– राजेश्वर खनाल

२. सप्तरी– रामदेव साह

३. मोरङ– डिगबहादुर लिम्बू

४. बाँके – नारायण गौडेल

५. नवलपुर– महेन्द्रध्वज जिसी

६. तेह्रथुम–अर्जुन तुम्बाहाम्फे

७. भोजपुर– विनोद वान्तवा

८. खोटाङ– विष्णुकुमार राई

९. संखुवासभा– दीपक खड्का

१०. सुनसरी– केदार भण्डारी

११. प्युठान– विष्णुकुमार गिरी

१२. अर्घाखाँची– केशव श्रेष्ठ

१३. बैतडी– चतुरबहादुर चन्द

१४. दोलखा– बर्मा लामा

१५. गोरखा– नन्दप्रसाद न्यौपाने

१६. नुवाकोट– रमेश महत

१७. धादिङ – रामनाथ अधिकारी

१८. कालिकोट– अम्बबहादुर शाही

१९. रूकुमपूर्व– केशरमान रोका

२०. मुस्ताङ– रोमीगौचन थकाली

२१. बाजुरा– रामसिंह रावल

२२. पाल्पा– हिमालदत्त श्रेष्ठ

२३. स्याङ्जा– राजु थापा

२४. नवलपरासी पश्चिम– अर्जुनकुमार पोखरेल

२०. दार्चुला– ललितसिंह बोहरा

२५. दाङ– शंकरप्रसाद डाँगी

२६. गुल्मी– खिलध्वज पन्थी

२७. रोल्पा– किशोर आचार्य

२८. दैलेख– मणिराम रेग्मी

२९. कपिलवस्तु– अब्दुल कलाम खाँ

३०. तनहुँ – जितप्रकाश आले

३१. सिन्धुली– उपेन्द्र पोखरेल

प्रकाशमान सिंहनिकट ः–
१. काठमाडौं – सबुजकृष्ण बानियाँ

२. ललितपुर – जितेन्द्रकुमार श्रेष्ठ

कृष्णप्रसाद सिटौलानिकट
१. बागलुङ– जित शेरचन

२. झापा – देउमान थेवे

विमलेन्द्र निधिनिकट ः–
१. धनुषा– योगेन्द्र पजियार





error: Content is protected !!