उद्धार केन्द्रले वन्यजन्तुलाई सजिलो

रुकुम पश्चिम ः एक साताअघि डिभिजन वन कार्यालयले त्रिवेणी गाउँपालिका–१ बाट घाइते अवस्थामा गिद्ध उद्धार गर्‍यो । त्यसलाई कार्यालयले उद्धार केन्द्रमा राखेको छ । अहिले गिद्धले चारो खान थालेको छ । एक महिनाअघि पनि एक मृगको उद्धार गरिएको थियो ।

बेलाबेलामा समस्यामा पर्ने वन्यजन्तु तथा पन्छीको उद्धार र उपचारका लागि डिभिजन वनले कार्यालय परिसरमै वन्यजन्तु उद्धार केन्द्र बनाएको हो । असारमा निर्माण गरिएको उद्धार केन्द्रमा हालसम्म २ लोपोन्मुख वन्यजन्तुको उपचार भइसकेको छ । उद्धार गरिएको मृगलाई उपचारपछि बासस्थानमा छोडिएको छ ।

गिद्धको उपचार चलिरहेको कार्यालयका निमित्त प्रमुख महेश कुमाईले बताए । सानै भए पनि ठाउँ बनाइएपछि समस्यामा परेको वन्यजन्तुको उद्धार र उपचारमा सघाउ पुगेको उनको भनाइ छ । ‘यसअघि राख्ने र उपचार गर्ने ठाउँ नहुँदा लोपोन्मुख वन्यजन्तुको मृत्यु हुने गरेको थियो,’ उनले भने, ‘अहिले जिल्लामै उद्धार गरी उपचार गर्न सजिलो भएको छ ।’

वन्यजन्तुलाई घटनास्थलबाट केन्द्रसम्म ल्याउन कार्यालयको गाडीमा केज जोड्न थालिएको उनले बताए । घटनास्थलबाट उपचारका लागि ल्याउँदा थप जोखिम हुन नदिन गाडीमा केज जोड्न थालिएको हो ।




सम्बन्धित समाचार


error: Content is protected !!