हुम्लामा माटोमा पुरिएर महिलाको मृत्यु

हुम्ला /  हुम्लामा माटोमा पुरिएर बुधबार एक महिलाको मृत्यु भएको छ । घर लिपपोत गर्ने माटो खन्ने क्रममा खार्पुनाथ गाउँपालिका–१ को प्युस गाउँकी महिलाको माटोमा पुरिएर मृत्यु भएको हो । घर लिपपोतका लागि माटो खन्दै गर्दा माथिबाट आएको ढिस्कोमा पुरिएर खार्पुनाथ–१ प्युस गाउँकी ४० वर्षीया देवकी शाहीको मृत्यु भएको स्थानीय जयबहादुर शाहीले बताए ।

बुधबार बिहान पशुवस्तुका लागि वनबाट सोत्तर संकलन गरी गोठमा ल्याइ खाना खाएर गाउँभन्दा एक किलोमिटर टाढाको मुसेडी भन्ने ठाउँमा घर लिपपोत गर्नका लागि माटो खन्दै गर्दा माथिबाट खसेको ढिस्कोमा पुरिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

माटो लिन सँगै गएका ३ जना महिलामध्ये २ जना बाहिर बसेको र मृतक शाही भित्र खाल्डोमा माटो खन्दै गर्दा माथिबाट आएको माटोको ढिस्काले पुर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक शाहीका श्रीमान्, चार जना छोरी र दुई जना छोरा छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!