महासय

चंख विष्ट

महासय,
फोटो मधुरो हुँदैमा
जिन्दगी मधुरो हुन्छ भन्ने छैन।
दिन सबैका आउँछन्,
रात काट्न धैर्य हुन पर्छ।
तिमी सँग डाडु र पन्निउ छ,
जुन हामीले किनिदिएका थियौं,
खाना पस्केर देलाउ भनेर।
तर तिमीले त उल्टै पन्निउ नै पस्किन खोज्यौ।
हामी झस्कियका छौ।
बिचार गर,
भाँडोमा भरिदिने पनि कोही थियो,
र भाँडो चाडै रित्तिन पनि सक्छ।
तर तिमी अझै अघाएका छैनौ।
कहिले अघाउनेरु
र कहिले अरुलाई खुवाउने
जब आयु सकिन्छ,
फेरि हार घुहार गर्छौ र गाउँ पस्छौ।
गाउँका केहि भेडा फेरि काटिनु पर्छ,
अनि तिम्रो खड्को र गौरो टर्छ,
सोच्दाहौ, यो चक्र चलिरहन्छ।
तर अब गाउमा भेडा मात्र छैनन्,
गोठालोको खोजि हुन थालिसक्यो।
तिमी भेडाको बथानमै कुचिन के बेर





error: Content is protected !!