स्वास्थ्य सेवा कार्यालयका प्रमुख सहित दर्जन स्वास्थ्यकर्मी कोभिड

जाजरकोट / स्वास्थ्य सेवा कार्यालयका प्रमुख टिकाराम जैसी सहित १५ जना कोभिड संक्रमित भएका छन् । कर्मचारी सहित संक्रमित सबै होम आइसोलेशनमा बसेको सूचना अधिकारी कृष्णबहादुर खत्रीले बताउनुभयो ।

संक्रमित सबैको अवस्था सामान्य भएको उहाँले बताउनुभयो । जिल्लाका नलगाड , बारेकोट र जुनिचाँदेमा समेत कोभिडबाट संक्रमित हुनेको संख्या बढीरहेको छ ।

कोभिडबाट जोगिनका लागि स्थानीय तहले कुनै पनि तयारी नथालेको बरु राजनीतिक दलहरु पार्टी प्रवेश कार्यक्रमलाइ निरन्तरता दिइरहेको देखिन्छ ।




सम्बन्धित समाचार


error: Content is protected !!