रुकुममा जन्ती बोकेको बस दुर्घटना, २५ घाइते

रुकुम पश्चिम ः जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । मुसीकोट नगरपालिका–२, स्थित बरेली बजारमा ग १ ख २१०९ नम्बरको बस दुर्घटना हुँदा उनीहरू घाइते भएका हुन् ।

घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार घाइते सबैको उद्वार गरी जिल्ला अस्पताल पुर्‍याइएको छ । बाँफिकोट गाउँपालिका–२, को पिपलबाट मुसीकोट नगरपालिका–१, घिमानेतर्फ जाँदै गरेको उक्त बस सडकबाट झण्डै डेढ सय मिटर तल खसेको थियो ।

दुर्घटनापछि बसका चालक सम्पर्कमा आएका छैनन् । उनी घाइते भए वा यसबारे केही नखुलेको प्रहरीले जनाएको छ । घाइतेहरूको उपचार सुरु भएको छ ।

घटनाको कारणबारे केही खुल्न नसकेको पनि प्रहरीले जनाएको छ । स्थानीयहरूले भने ठूलो झरीका कारण उक्त सडक चिप्लो हुँदा बस चिप्लिएको हुनसक्ने आकलन गरेका छन् ।





error: Content is protected !!