जिसस प्रमुख बुढाले उपल्लो डोल्पाका जनप्रतिनिधिलाइ भेडाको शंज्ञा

डोल्पा ः नेकपा एमालेबाट चुनाव जितेर माओबादी केन्द्रमा प्रवेश गरेका उपल्लो डोल्पामा जनप्रतिनिधिलाइ जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले भेडा ,बाख्राको शंज्ञा दिएका छन् । जंगलमा घाँस खाना गएको समेत उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।

उनले घास खाएर पुर्ण मुल पार्टीमा फर्कने समेत उल्लेख गरेका छन् । उनी नेकपा एमालेबाट जिससका प्रमुख रुपमा रहेका छन् । आफ्ना हुँदा स्वर्गको अप्सर हुँने तर फरक राजनीतिक आस्था राख्न बितिकै भेडा ,बाख्रा हुने , खास भएर आज्ञाकारी बालक हुनुपर्ने अनौनो भएको उपल्लो डोल्पामा जनप्रतिनिधिले बताएका छन् ।

हिजो मात्र माओवादी केन्द्रमा प्रवेश गरेका जनप्रतिनिधिलाइ जिसस प्रमुख बुढाले यस्तो बताएका हुन् । त्यस्तै पत्रकार महासंघ डोल्पामा सचिव लेख बुढाले अपराधी भन्दै कमेन्ट गरेका छन् ।





error: Content is protected !!