भेरीले अब बीउ विक्री गर्दै

हेमन्त केसी
जाजरकोट / वर्षेनी बाहिर जिल्लाबाट बीउ खरिद गरि ल्याउने यहाँ अब जिल्ला भित्र नै बीउ उत्पादन सुरु भएको छ । जिल्लाको भेरी नगरपालिकाको कृषि शाखाले बीउ उत्पादन गरी आफ्ना पालिका सहित अन्य पालिकामा बिक्री गर्न थालेको छ । धान , गहुँ , मकै र प्याजको बीउ उत्पादन गरी अन्य पालिकामा बिक्री गरिरहेको कृषि शाखाका यज्ञ अधिकारीले जानकारी दिए ।

गहुँको मुल बीउ कृषि अनुसन्धान केन्द्र दसरथपुर सुर्खेतबाट खरिद गरी भेरी नगरपालिका १,३र१० मा लगाइ त्यहाँबाट उन्नत जातको बीउ उत्पादन गरी जाजरकोटका कृषकलाइ वितरण थालिएको छ । मागमा आधारित बीउ कृषकलाइ उपलब्ध गराएको छ । अहिले पहिलो वर्ष भएकाले माग पुर्ती गर्न नसकेको अधिकारीले बताए ।


१०० क्वीन्टल डब्लु के १२०४ जातको गहुँको बीउ उत्पादन गरी वितरण गरिएको हो त्यस्तै १४ हेक्टर क्षेत्रफलमा लगाएको सुक्खा ३ र सुक्खा ६ को धानको बीउ ३६० क्वीन्टल उत्पादन भएको छ । ठाउँ , ठाउँमा बेमौसमी वर्षाका कारण धानबालीमा क्षती भएको समयमा भेरी नगरपालिकाले लगाएको धानको बीउमा भने केही क्षती भएको थिएन ।

त्यस्तै भेरी नगरपालिकाले मकैको बीउ समेत उत्पादन गरेको छ । मुल बीउ दैलेखको किमुगाउँबाट ल्याएर भेरी नगरपालिकाको –७ रुपाकोटमा लगाउदा ७० क्वीन्टल उन्नतजातको देउती मकैको बीउ उत्पादन भएको छ । त्यस्तै सुर्खेतको दशरथपुरबाट मनकामना ३ को मुल बीउ ल्याएर भेरी नगरपालिका –८ बुरुङ्गेमा १२ हेक्टरमा लगाउदा ४० क्वीन्टल बीउ उत्पादन भएको छ । त्यस्तै भेरी २,६ मा ३ रोपनी जग्गामा रुकुम पश्चिको चाफाबाट मुल बीउ ल्याएर उन्नतजातको प्याजको बीउ उत्पादन भइरहेको कृषि शाखाले बताएको छ ।

यो वर्ष मात्र ६० केजी बीउ उत्पादन भएको बताएको छ । सिमी र मुला र आलु बीउ भेरी नगरपालिका २ र ६ मा उत्पादन जारी रहेको छ । पहिलो चरणमा २० क्वीन्टल उत्पादन भइसकेको छ । भेरी नगरपालिकाबाट रुकुम पश्चिमको आठबीसकोट नगरपालिका , जाजरकोटको भेरी नगरपालिका , शिवालय गाउँपालिकाले गहुँको बीउ खरिद गरेर लिएका छन् । माग उच्च भएपनि आफूहरुले पुर्याउन नसकेको र अर्को वर्ष व्यापक उत्पादनको तयारीमा रहेको कृषि शाखाले बताएको छ ।

वर्षेनी बीउमा मात्र लाखै रुपैयाँ खर्च गर्दै आएका जाजरकोका पालिकाले अब आफै आत्मनिर्भर भइ बाहिर जिल्लामा समेत निर्यात गर्दा अर्थआर्जन मात्र होइन, जिल्लामा कृषि प्रर्णाली समेत बलियो हुँदै गएको विश्लेषण गर्न थालिएको छ । ७५ प्रतिशत अनुदानमा कृषकलाइ बीउ वितरणको काम जारी रहेको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताए । जाजरकोटको तरकारीहरु नेपालगन्ज , सर्खेतमा समेत पुग्न थालेको छ । भेरी नगरपालिका जस्तै अन्य पालिकाले समेत कृषि क्षेत्रमा भएको क्रान्ति अनुशरण गर्न जरुरी रहेको छ ।

नलगाड नगरपालिकाले प्याज , लसुन उत्पादनलाइ जोड दिएको छ । वर्षेनी लाखै रुपैयाको विक्री हुँदै आएको कृषकले बताएका छन् । माटो जाँच गरी माटो सुहाउदो बीउ लगाएर कृषि क्षेत्रलाइ उत्पादनमुखी बनाउने काम भइरहेको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए ।





error: Content is protected !!