सल्यानमा जिप दुर्घटना – १२ जना घाइते,तिनको अवस्था गम्भीर

मिना बुढाथोकी
सल्यान ः सल्यानमा जिप दुर्घटना हुदा १२ जना घाइते भएका छन् ।जिल्लाको कुमाख गाउँपालिका २ धावपानिखोला स्थित सल्लिबजार चौरजहारी जाने सडक खण्डको सल्यान मर्मपरिकाडा बाट नेपालगंज बाके तर्फ जादै गरेको जिप दुर्घटना हुंदा १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि कुमाख गाउँपालिका २ का ३६ को बुद्धी थापा, २१ बर्षीया दुर्गा खत्री र ३२ बर्षीया लोकमाया पुनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता अर्जुन पौडेलले जानकारि दिनुभयो । प्रहरीले घाइतेको उद्धार गरि उपचारका लागि सल्लिजार पठाएको छ। हाल चालकलाई नियन्त्रनमा घटनाका विषयमा थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।





error: Content is protected !!