बिदामा बसेकी बुहारीकी बैनीलाइ फोन गरी हाकिमले पठाए तालिममा

सत्य बटाला
रुकुम पश्चिम ः रुकुम पश्चिमका जनस्वास्थ्य निरीक्षक विष्णुबहादुर बुढाथोकीले बुहारीको बैनी नाता पर्नेलाइ आफूखुसी तालिममा सहभागी गराएको भन्दै बिरोध भएको छ । आठबीसकोट नगर अस्पतालमा कार्यरत अनमी लंका पुनमगरलाइ व्यक्तिगत नाता पर्ने भएपछि जिल्लाबाट सिँधै फोन गरी तालिममा सहभागी गराएको अस्पतालमा कार्यरत नसिंङ स्वास्थ्यकर्मीले आरोप लगाएका छन् । जिल्लाबाट नगरस्वास्थ्यलाइ पत्राचार गरी योग्याता र दक्षताको आधारमा तालिम लिनुपर्ने बैद्यानिक बाटो हुँदाहँुदै आफ्ना व्यक्तिगत सिँधै फोन गरी तालिममा सहभागी गराउनु नियम विपरित भएको उनीहरुको भनाइ छ । तालिममा सहभागी पुन भदौ ४ देखि ८ गते सम्मा बिदामा रहेको नगरस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । बुहारीको बैनी तानापर्नेलाइ भदौ ७ गते तालिममा सहभागी बनाएको आरोप लागेको छ । सिनियार र लामो समय सम्म काम गरेका स्वस्थ्यकर्मीलाइ पाखा लगाएर व्यक्तिगत रुपमा यसरी तालिम तथा सेमिनारमा पठाउदा स्वास्थ्यकर्मीको बनोबल गिरेको उनीहरुको भनाइ छ । ६ वर्ष सम्म काम गरेकालाइ पाखा लगाएर भर्खर ३ महिना कार्यरत भएको व्यक्तिलाइ तालिममा सहभागी बनाएको आरोप समेत लगाएको छ ।
तालिममा सहभागी गराउने स्वास्थ्यकर्मीको विषयमा हामीले बुझदा निरीक्षक बुढाथोकीले नगरस्वास्थ्यसंँग समन्वय नगरेको स्वीकार गर्नुभएको छ । तालिममा सहभागी नगर स्वास्थ्यमा काजमा आएको र उहाँको दरवन्दी आधारभुत स्वास्थ्य सेवा केन्द्र ठुलिबार्खुमा भएको समेत बताएको छ ।
यो sba तालिम दुई महिना लामो चल्ने भएकाले बरिष्ठताको आधारमा पठाउनुपर्ने अन्य स्वास्थ्यकर्मीको माग रहेको छ ।





error: Content is protected !!