दहमा डुबेर एकै घरका दुई दाजु भाइ बेपत्ता

रुकुम पश्चिम – रुकुम पश्चिमको मुसीकोट नगरपालिका ७ को ठुली दहमा पौडि खेल्ने क्रममा आज एकै घरका २ दाजु भाइ वेपत्ता भएका छन् । मुसीकोट नगरपालिका १ सल्लेका एकै घरका दुइ दाजु भाइ बेपत्ता भएका हुन् । आज साथीहरु संग घुम्न गएका भीमबहादुर थापा र प्रेम थापा दहमा पौडि खेल्ने क्रममा बेपत्ता भएका हुन् ।
भीम दाइ हुन भने प्रेम भाइ हुन् । उनिहरु अहिले ताल भित्रै डुविरहेको प्रहरीले जनाएको छ । यसबारेमा खवर आएपछि आफूहरु घटनास्थल तर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए ।








