जुम्लाका ३ सय किसानलाई उन्नत जातको भेडा वितरण

जुम्ला – जुम्लाका झण्डै ३ सय घरधुरी किसानलाई उन्नत जातका भेडा, थुमा र बयरबोका वितरण गरिएको छ । जुम्लाको तिला, तातोपानी र हिमा गाउँपालिकाका किसानलाई उन्नत जातका भेडा, थुमा र बयरबोका वितरण गरिएको हो ।
तिला गाउँपालिका २ लर्मी, तिला ९ खोप्री, तिला ६ रिपी, तातोपानी ७ ताम्ती, हिमा ७ कुडुमा उन्नत जातका भेडा वितरण गरिएको हो । त्यस्तै तिला ८ जुम्लाकोट, तिला ६ घोडेसिमममा बोयर जातको एक एक बोका वितरण गरिएको पेस नेपाल जुम्लाका क्याप्स कर्णाली परियोजनाका संयोजक मुकेश कुमार शर्माले बताए ।
उनका अनुसार पेस नेपालअन्तर्गत नेपालको कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्धारा सिर्जित चुनौती अनुकूलन कार्यक्रम ९क्याफ्स कर्णाली० परियोजनाले नश्ल सुधार कार्यक्रमका लागि उन्नत जातका भेडा तथा बोका वितरण गरेको हो ।
अब किसानले उन्नत जातको भेडाबाख्रा र बोका पालेर मनग्गे आम्दानी गरेर दैनिक जीवनयापन सहज हुने अपेक्षा राखिएको छ । यसले पशुपालन गर्ने किसानले लाभ प्राप्त गर्ने छन् । पशुको वृद्धि विकास छिटो हुने तथा तौल बृद्धि भइ किसानलाई फाइदा हुने परियोजनाका संयोजक शर्माले बताए ।








