सबै अमेरिकी नफर्कदासम्म अमेरिकी फौज काबुल रहन्छ्ः बाइडेन

एजेन्सी
काबुल – काबुलबाट स्वदेश फर्किन तोकिएको समयपछि पनि अमेरिकी सेना अफगानिस्तानमा रहने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । सशस्त्र तालिवानले काबुल विमानस्थलमा अबरोध गरिरहेको विवरण सार्वजनिक भइरहेका बेला राष्ट्रपति बाईडेनले निर्धारित समयपछि पनि अमेरिकी सेना अफगानिस्तानमा रहन सक्ने बताएका हुन् । यसअघि अमेरिकाले अगस्टको अन्त्यसम्ममा आफ्ना सबै सेना स्वदेश पठाउने बताएको थियो । तर, अझै पनि १५ हजार अमेरिकी अफगानिस्तानमा बिचल्लीमा छन् । ‘बिचल्लीमा परेकालाई एकै पटक लैजाने क्षमता हामीसँग छैन,’ बाइडेनले भने, ‘एक जना मात्र अमेरिकी नागरिक छुटे भने पनि हामी उनीहरुलाई कुरेर फिर्ता गर्छौं । ’

अमेरिकाले १५ हजार अमेरिकी सेनाबाहेक ५० देखि ६५ हजार अफगानीलाई पनि स्वदेश लैजाने भएको छ, उनीहरुले अमेरिकी सेनाका लागि विभिन्न क्षेत्रमा काम गरेका थिए

अमेरिकाले १५ हजार अमेरिकी सेनाबाहेक ५० देखि ६५ हजार अफगानीलाई पनि स्वदेश लैजाने भएको छ । उनीहरुले अमेरिकी सेनाका लागि विभिन्न क्षेत्रमा काम गरेका थिए । अहिलेसम्म ६ हजार जना अमेरिका फर्किएका छन् । फर्किनेमा कूटनीतिज्ञ, सुरक्षा क्षेत्रका कर्मचारी, दातृ निकायका कार्यकर्ता र अफगानी छन् । अफगानिस्तानबाट दैनिक ९ हजार मानिस अमेरिका ल्याउने अमेरिकी रक्षा मन्त्रायलको लक्ष्य छ । उनीहरुलाई विभिन्न उडानमार्फत स्वदेश ल्याउने मन्त्रालयको तयारी छ ।

अफगान छोड्न चाहने सबै जनालाई तालिवानले अनुमति दिने आशा वासिंगटनले गरेको अमेरिकी सहायक विदेशमन्त्री वेन्डी सरम्यानले बताएका छन् । आफूसँगै काम गरेका अफगानीलाई पश्चिमी मुलुकले सँगै लैजाने तयारी तीब्र पारेका छन् ।

करिब ४५ अमेरिकी सेना काबुलस्थित कारजाई अन्र्तराष्ट्रिय बिमानस्थलमा छन् । तालिवान लडाकूले धावनमार्गको पेरिमिटरलाई घेरा हालेको छ । यात्रसम्बन्धी कागजात नभएका व्यक्तिलाई तालिवानले रोकेका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!