कोहलपुर–सुर्खेत १३२ केभी विद्युतको प्रसारण लाइन जडान हुने

सुर्खेत – नेपाल विद्युत प्राधिकरणले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य काम सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणको ३६औँ वर्षगाँठका अवसरमार मंगलबार विद्युत कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको उद्घाटन गरेको हो ।

कर्णालीमा प्रदेशमा विद्युतको नियमित आपूर्ति गर्नका लागि १३२ केभी प्रसारण जडान गर्न लागिएको १३२ केभी प्रसारण लाइन आयोजनाका प्राविधिक मिलन सुवेदीले जानकारी दिए ।

‘अहिले कोहलपुर–सुर्खेतको ३३ केभी प्रसारण लाइनबाट विद्युत आपूर्ति भइरहेको छ ।’ उनले भने, ‘अब कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन जडान हुनेछ ।’
कर्णालीका सात जिल्लामा हाल ३३ केभी प्रसारण लाइनबाट विद्युत दिन थालिएको त्यो अपुग भएको प्राविधिक कार्कीले जानकारी दिए ।

‘कार्यमा आइपर्ने बाधा तथा अन्य समस्याहरु सहजीकरण गरिदिन कर्णाली प्रदेश सरकार, स्थानीय सरकार, प्रदेशका सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, पत्रकारहरू, उद्योग वाणिज्य संघ तथा आमउपभोक्ताहरुलाई हार्दिक अनुरोध गर्दछौं’, उनले भने, ‘अब चाँडै १३२ केभी लाइनबाट विद्युत आपूर्ति हुनेछ ।’

कर्णालीमा ३३ केभी विद्युतबाट आपूर्ति गर्नुपर्ने बाध्यता रहेका कारणले नियमित आपूर्ति समस्या आउने गरेको नेपाल विद्युत प्राधिकरण सुर्खेतले जनाएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!