मुगुमा मास्क बैंक स्थापना

मुगु -मुगुमा मास्क बैंक स्थापना भएको छ । लायन्स क्लब अफ मुगु राराको अगुवाइमा जिल्ला सदरमुकाम गमगढीमा कोरोना महामारीलाई लक्षित गर्दै मास्क बैक स्थापना गरिएको हो ।

‘हुनेले दिउँ नहुनेले लिउँ’ भन्ने नाराका साथ स्थापना गरिएको मास्क बैक सञ्चालनका लागि छायाँनाथ रारा नगरपालिका, जिल्ला स्वास्थ्य सेवा कार्यालय, छायाँनाथ सहकारी, मुगु उद्योग वाणिज्य संघ, एनआइसी एसिया बैंक, डिप्रोस लघुवित्त, महाकाली नमुना माध्यमिक विद्यालय, सिद्धार्थ नेसनल बोर्डिङ स्कुल, नेपाल पत्रकार महासंघ मुगु शाखा, हिरिसडेक मुगु, हाम्रो सानो प्रयास काठमाडौंले मास्क सहयोग गरेको लायन्स क्लब अफ रारा मुगुका चार्टर प्रेसिडेन्ट विनोदकुमार मल्लले जानकारी दिए ।

गाउँघर, बजार तथा बाटोघाटोमा विना मास्क मानिसहरूको चहलपहल बढेपछि कोरोना संक्रमणले भहावह अवस्था लिन सक्ने भन्दै मास्क बैंक स्थापना गरिएको हो । पैसाको अभावमा मास्क प्रयोग गर्न नसकेका जनतालाई निःशुल्क मास्क दिन र पैसा भएकाले मास्क दान गरुन् भन्ने उद्देश्यले बैक सञ्चालन गरेको लायन्स क्लवले जानकारी दिएको छ ।

‘पहिलो चरणमा बजार क्षेत्रमा आउने सर्वसाधारणलाई लक्षित गर्दै बैक सञ्चालन गरेका हौं, सहयोगी दाताको सहयोगको आधारमा जिल्लाका अन्य बजार क्षेत्रमा पनि बैंक स्थापना गरिने छ,’ मल्लले भने ।





error: Content is protected !!