संसदको चालू अधिवेशन अन्त्यका लागि सरकारद्वारा राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले संसदको चालू अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार मध्यरातिदेखि नै लागू हुने गर संसद्को अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सोमबार प्रतिनिधिसभा बैठक बसेपछि अधिवेशन अन्त्य हुने भएको हो। प्रतिनिधिसभा र राष्ट्रिय सभालाई बिजनेस दिन नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ ।










