सात करोड लागतमा कर्णाली प्रदेशमै पहिलोपटक ग्याल्भनाइजेनश उद्योग स्थापना

सुर्खेत – कर्णाली प्रदेशमै पहिलो पटक सुर्खेतमा ग्याल्भनाइजेशन उद्योग स्थापना गरिएको छ । वीरेन्द्रनगर नगरपालिका—२ कोलडाँडामा न्यू भेरी इन्जिनियरियङ वर्कसपले सात करोड २० लाखको लागतमा ग्याल्भनाइजेशन उद्योग स्थापना गरेको हो ।

पश्चिम नेपालमा ग्याल्भनाइजेनश उद्योग स्थापना गर्न आफू सफल भएको उद्योगका संचालक वीरबहादुर नेपालीले बताए । ‘स्थानीय स्तरमा आवश्यक पर्ने ग्रीलगायत झोलुँगे पुल, बेली ब्रिज, विद्युत पोल, टेलिफोन पोल तथा टावरहरु यस उद्योगबाट निर्माण गरिने छ,’ उनले भने, ‘यसभन्दा अघि यी सामान लिन बुटवल, वीरगन्ज जानुपर्ने बाध्यता थियो ।’

उद्योगका लागि आवश्यक कच्चा पदार्थ, जनशक्ति भारतमै निर्भर रहनुपर्ने यस उद्योगले कर्णाली तथा सुदूर पश्चिम प्रदेशमा आवश्यक पर्ने पुल, बेलीबिज्रहरुको आवश्यकता पूर्ति गर्ने संचालक नेपालीको भनाई रहेको छ ।

‘उद्योगलाई फुल फेजको विद्युत छैन् ।’ संचालक नेपालीले भने,‘अहिले उद्योगमा ४० जनाले रोजगारी पाएको र फुलफेजको विद्युत आपूर्ति हुन सके कम्तीमा दुई सय जनालाई रोजगारी दिन सकिन्छ ।’

फलामबाट निर्माण गरिएका सामग्रीहरुलाई ग्याल्भजनाइज गरिएमा आयु पाँच गुण बढ्ने उद्योगको उनको भनाइ छ ।

प्रदेशमै नौलो र ठूलो लागतको उद्योग स्थापनाले यहाँका बेरोजगार युवाहरुले रोजगारी पाउनुका साथै झोलुंगे पुल, बेलीब्रिजहरुको आवश्यकता पूर्ति सहज हुने कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले बताए । उनले रोजगारी सिर्जना गर्नमा उद्योगलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले उद्योगसम्म पुग्ने सडक र विद्युतको स्तरोन्नतिको लागि नगरपालिकाले पहल गर्ने आश्वासन दिए । उनले वीरेन्द्रनगरमा पनि क्रमशः ठूला उद्योगहरु स्थापना हुने क्रम बढिरहेको भन्दै त्यसका लागि सहज बातावरण बनाइने उल्लेख गरे ।




सम्बन्धित समाचार


error: Content is protected !!