अफगानिस्तान युद्धः तालिबानद्वारा राजधानी काबुलबाहेक प्रमुख सहरमाथि कब्जा

अफगानिस्तानमा तालिबान लडाकुहरू राजधानी काबुलतर्फ तीव्र गतिमा अगाडि बढ्दै गर्दा त्यहाँ तनाव चुलिँदो छ।
लडाकुहरूले पूर्वी सहर जलालाबादमाथि आइतवार बिहानै नियन्त्रण कायम गरेका छन्।
योसँगै सरकारको नियन्त्रणमा रहेको एक मात्र प्रमुख सहरको रूपमा राजधानी काबुल रहेको छ।
अर्को महत्त्वपूर्ण उत्तरी सहर मजार(ए(शरिफमाथि कब्जा जमाएको भोलिपल्ट लडाकुहरूले पछिल्लो सफलता हासिल गरेका हुन्।
राष्ट्रपतिमाथि बढ्दो दबाव
सरकारी फौजहरूको विफलतासँगै राष्ट्रपति अशरफ गनीमाथि राजीनामा गर्न दबाव बढ्दो छ।
तालिबान लडाकुहरू अफगानिस्तानको राजधानी काबुलको कति नजिक पुगेका छन् ।
अफगान राजदूतकी छोरी पाकिस्तानमा अपहरित हुँदाको नालीबेली
यसैबीच, संयुक्त राज्य अमेरिकाले तनावग्रस्त अफगानिस्तानबाट आफ्ना नागरिकहरूको उद्धार गर्नका निम्ति पाँच हजार फौज पठाउन लागेको जनाएको छ।
अफगानिस्तानबाट आफ्ना फौज फिर्ता बोलाएकोमा चर्को आलोचना खेपिरहेका राष्ट्रपति जो बाइडनले कुनै देश द्वन्द्वको मध्यमा रहेका बेला त्यहाँ अन्तहीन अमेरिकी उपस्थितिलाई आफूले सही साबित गर्न नसक्ने बताएका छन्।
एउटा लिखित वक्तव्यमा उनले भनेका छन्ः यदि अफगान सैनिकले आफ्नो देशलाई नियन्त्रणमा राख्न सक्दैन्थ्यो वा राख्दैन्थ्यो भने अर्को पाँच वर्षसम्म पनि अमेरिकी फौज त्यहाँ रहेर कुनै फरक पर्दैनथ्यो।
आफ्ना पूर्ववर्ती राष्ट्रपति डोनल्ड ट्रम्पले सेना फिर्तीका लागि तोकेको म्याद र फौजको सङ्ख्या घटाएर नगन्य बनाउने निर्णय आफूमाथि आइपरेको बाइडनले उल्लेख गरेका छन्।
राजीनामा घोषणा गर्ने अनुमानबीच राष्ट्रपति अशरफ गनीले शनिवार सम्बोधन गरेका थिए
जलालाबादमा के भयो ।
तालिबान लडाकुहरूले एउटा पनि गोली नचलाई जलालाबादलाई आइतवार बिहान नियन्त्रणमा लिइएको विवरणहरूमा जनाइएको छ।
ूजलालाबादमा अहिले कुनै भिडन्त भइरहेको छैन किनकि यहाँका गर्भनरले तालिबानसमक्ष आत्मसमर्पण गरेका छन्,ू त्यहाँस्थित एक अफगान अधिकारीले समाचारसंस्था रोएटर्सलाई भने।
अफगानिस्तानमा नेपाली नागरिकको अवस्था के छ
तालिबान काबुल नजिक पुग्दैगर्दा कूटनीतिज्ञहरूद्वारा रफ्तारमा बहिर्गमनको प्रयास
ूतालिबानलाई अगाडि बढ्न दिनका लागि मार्ग प्रशस्त गर्नु नै नागरिकको ज्यान बचाउने एक मात्र बाटो थियो।ू
जलालाबादमाथि तालिबानले कब्जा गर्नु भनेको छिमेकी मुलुक पाकिस्तानसँग जोडिएका सडक सञ्जालमा पहुँच सुनिश्चित गर्नु हो।
यससँगै अफगानिस्तानका कुल ३४ वटा प्रान्तीय राजधानीमध्ये २३ वटा तालिबानको नियन्त्रणमा पुगेका छन्।










