अफगानिस्तान ः तालिबान लडाकुहरू अफगानिस्तानको राजधानी काबुलको कति नजिक पुगेका छन् ?

तालिबानले हाल अफगानिस्तानका झन्डै आधाजसो क्षेत्रीय राजधानी आफ्नो नियन्त्रणमा लिइसकेको बताइएको छ

तालिबान लडाकु समूहले अफगानिस्तानका एक पछि अर्को सहर आफ्नो नियन्त्रणमा लिएसँगै हजारौँ सर्वसाधारणहरू तुलनात्मक रूपमा सुरक्षित राजधानी काबुल पुगेका छन्। उक्त लडाकु समूह पनि हाल काबुल नजिक पुगेको बताइएको छ।

अमेरिकाले काबुल प्रान्त प्रवेश गर्ने क्षेत्रमा तालिबान लक्षित हवाई हमला गरेको विवरणहरू आइरहेका छन्।

अमेरिकी गुप्तचर निकायले तालिबानले ३० दिनभित्र अघि बढ्ने प्रयास गर्न सक्ने आकलन गरेको बताइएको छ।

पछिल्लो हप्ता तालिबानले तीव्र गतिमा देशका विभिन्न स्थानहरूमा आफ्नो पकड जमाउँदै गएको छ।

हिजो तालिबानले पुल एआलम नियन्त्रणमा लिएको थियो जुन सङ्घीय राजधानी काबुल भन्दा ८० किलोमिटर टाढा छ।

काबुल भन्दा ४० किलोमिटर टाढा रहेको अर्को एक सहरमामा हिंसात्मक भिडन्तहरू भइरहेको बताइएको छ।

एक जना स्थानीय सांसदले समाचार संस्था एपीलाई तालिबान विद्रोही समूह अफगानिस्तानको राजधानी काबुलबाट ११ किलोमिटर पर रहेको दक्षिणी सहरमा पुगेको बताएका छन्।

सरकारले यो सूचना पुष्टि गर्‍योभने तालिबान हालसम्म सबैभन्दा नजिक पुगेको अवस्था हो र उक्त लडाकु समूहलाई काबुल पुग्न नदिन खोजिरहेको अफगान सुरक्षा फौजका लागि अर्को ठूलो झड्का हो।

दशौँ हजार अफगान नागरिक युद्धका कारण विस्थापित भएका छन्

तालिबानले हाल अफगानिस्तानका झन्डै आधाजसो क्षेत्रीय राजधानी आफ्नो नियन्त्रणमा लिइसकेको छ जसमा उक्त देशको दोस्रो ठूलो सहर कान्दहार सहित अन्य केही महत्त्वपूर्ण केन्द्रहरू समेत समावेश छन्।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले अफगानिस्तानको अवस्था नियन्त्रण बाहिर जान लागेको र युद्ध जारी रहे त्यसको सबैभन्दा ठूलो मूल्य सर्वसाधारणहरूले चुकाउनु पर्ने बताएका छन्।

तालिबानका अग्रपङ्क्ति रहेका कमान्डर तथा सेनाले इस्लामिक शरिया कानुनको आफ्नो संस्करण पुनः लागु गराउने विषयमा आफूहरू कटिबद्ध रहेको बीबीसीलाई बताएका छन्।

उक्त कानुनमा १२ वर्षभन्दा माथिका महिलाहरूलाई विद्यालय जानबाट रोक्ने, चोरीको आरोप लागेकाहरूको हात वा खुट्टा काटिदिने र यौन व्यभिचार गर्नेहरूलाई ढुङ्गाले हान्ने जस्ता प्रावधान छन्।

राष्ट्रपतिद्वारा -साहसीु सुरक्षा बलको प्रशंसा

यसैबीच अफगानिस्तानका राष्ट्रपति असरफ गनीले केही बेर अघि संक्षिप्त सार्वजनिक सम्बोधन गरेका छन्।

तपाईँहरूको राष्ट्रपतिको नाताले मेरो ध्यान थप अस्थिरता, हिंसा र जनताको विस्थापन रोक्नमा केन्द्रित छ, उनले भने।

हालको परिस्थितिमा हाम्रो सुरक्षा र रक्षा बलको पुनः परिचालन हाम्रो सबैभन्दा ठूलो प्राथमिकता हो र यस सम्बन्धमा गम्भीर कदमहरू चालिँदै छ।

तालिबानको हमला बढेसँगै अफगानिस्तानका सेना प्रमुख हटाइए
अफगानिस्तानको कान्दहारमा तालिबान नियन्त्रणमा
गनीले तालिबान विद्रोहीहरूको सामना गरिरहेका साहसी सुरक्षा फौजको पनि प्रशंसा गरेका छन्।

राष्ट्रपति गनीले राजीनामा गर्न सक्ने आशङ्काकाबीच उनले सार्वजनिक सम्बोधन गरेका हुन।




सम्बन्धित समाचार


error: Content is protected !!