एक किलो चरेश सहित भारतीय नागरिक पक्राउ

जाजरकोट – जिल्ला प्रहरी कार्यालय जाजरकोटले एक किलो चरेश सहित एक नेपाली सहित भारतीय नागरिकलाइ पक्राउ गरेको छ । भे १ ज ९०७ नम्बरको बोलेर जीपमा चरेश लिई रहेको जानकारीका आधारमा प्रहरीले ३१ बर्षीय भारतीय नागरिक मुस्ताविन अहमद र अर्का बाँकेको नेपालगञ्ज उप महानगरपालिका –११ बस्ने उबेद खानलाई आज भेरी नगरपालिका– ४ बाट प्रक्राउ गरिएको छ ।
भारतिय नागरिकलाइ अहमदलाइ जाँच झोलामा लुकाइ राखेको १ किलो चरेश र उनको साथ बाट रु ४५ हजार ५ सय भारतीय रुपैयाँ र स्क्रिन टच मोबाईन एक थान, आधार कार्ड तथा नेपाली नागरिक उबेद खानको साथ बाट नेपाली रुपैयाँ ५ हजार भेटिएको प्रहरीले जनाएको छ ।










