शिवालयमा धमाधम स्वास्थ्य संस्था निर्माण हुँदै

हेमन्त केसी
जाजरकोट – जिर्ण स्वास्थ्य संस्थामा सेवा प्रवाह समस्या भएको भन्दै शिवालय गाउँपालिकाले आधा दर्जन स्वास्थ्य संस्था निर्माण अन्तिम चरणमा पुर्याएको छ ।
भरपर्दो सुत्केरी सेवाका साथै आम नागरिकलाइ सहज रुपमा उपचार सेवा दिनका लागि गाउँपालिकाले पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था निर्माण कार्यलाइ निरन्तरता दिएको हो । पश्चिम जाजरकोटमा पर्ने शिवालय गाउँपालिकामा सडक सञ्जालले छोएसँगै सहज रुपमा सेवा लिन र दिन पालिकाले नागरिकमैत्री कार्यहरु अगाडी बढाएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो । गाउँपालिकाले वडा नं ५ को ठाँटी र ७ को स्यालापाखामा प्रसुतीगृह निर्माण गरिएको छ । स्वास्थ्य सेवा प्रवाह गर्नका लागि भवन ,जनशक्ति अभावमा समस्या झेल्दै आएकोमा नयाँ निर्माण गरिएका संरचनाले राहत सिर्जना गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।

डोको, स्टे«चरमा बोकेर विरामीहरु बाहिर लिनुपर्ने अवस्थालाइ अन्त्य गर्न एम्वुलेन्स सेवा समेत सुरु गरिएको छ । आर्थिक अवस्थाको आधारमा एम्वुलेन्स सेवा सुरु गरिएको शाहीले जानकारी दिनुभयो । निम्न , गरिव तथा आर्थिक हैसियात कम्जोर भएका स्थानीयवासीलाइ निशुल्क सेवा समेत दिइएको उहाँले बताउनुभयो ।
त्यस्तै गाउँपालिकाको १,२ ,४,८ र ९ नम्वर वडामा आधारभुत स्वास्थ्य केन्द्र निर्माण कार्य जारी रहेको छ । १,२ ,४ नम्वर वडाका भवनहरु निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । वडा नं ६ मा कुन ठाउँमा बनाउने भन्ने बिबादले गर्दा निर्माण कार्य सुरु हुन सकेको छैन । वडा नं ८ र ९ मा निर्माण भइरहेका भवनहरु दशैँ सम्मा पुरा हुने बताएको छ ।
सडक सञ्जाललाइ गाउँ , गाउँमा बिस्तार गरेसँगै स्वास्थ्य सेवा प्रभावकारी बनाउन कार्यविधि नै बनाइ कामहरु भइरहेको छ । स्वास्थ्य संस्थामा खानोपानी , अपाङमैत्री सेवा प्रवाह र सहज सेवा प्रवाहलाइ मुखी आधार मानि काम भइरहेको गाउँपालिकाले जनाएको छ । त्यस्तै सबै वडाहरुमा समेत वडा कार्यालयका भवनहरु निर्माण गरिएको छ । पालिकाको मुख्य ,मुख्य ठाउँमा ठुला सडकले जोडिएको छ ।







