कारितासद्धारा २६ लाखको सामग्री अस्पतालमा हस्तान्तरण

जाजरकोट ः कारितास नेपालले जिल्ला कोभिड व्यवस्थापन समिति मार्फत जिल्ला अस्पताल लाई कोभिड स्वास्थ्य सामग्रीहरु हस्तान्तरन गरेको छ ।
अस्पतालमा कारितास नेपाल का क्षेत्रिय कार्यक्रम व्यवस्थापक जनक शर्मा ले कोभिड व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी प्रेम प्रशाद देवकोटा र अस्पताल डा. अमिन शाह लाई हस्तान्तरन गर्नु भएको थियो ।
क्याथोलीक रिलिफ सर्भीस  को प्राविधिक सहयोगमा कारितास नेपालले जाजरकोटमा “नेपाल कोभिड १९ प्रतिकार्य परियोजना २०२१” कार्यक्रम अन्तरगत उक्त स्वास्थ्य सामग्रीहरु उपलव्ध गराएको हो ।
कारितास नेपालका क्षेत्रिय कार्यक्रम व्यवस्थापक जनक शर्मा ले आयोजनाले ,अक्सिजन सिलिण्डर २० थान, अक्सिजन कन्सन्टेटर १० थान, पल्स अक्सिमिटर ३४ थान, भेन्चुरी फेस मास्क एक सय ४७ थान, पीपीइसेट ४सय ५० थान,सर्जीकल मास्क,५ १५ बाकस,सर्जीकल ग्लोप्स १०० बाकस, ह्याण्ड सेनिटाइजर (५००मिली)२१० थान गरि जम्म २६ लाख ३२ हजार छ सय वरावरको सामग्री हस्तान्तरन गरेको बतााउनुभयो ।
आयोजनाले कोभिडबाट प्रभावित वा अति जोखिममा परेका व्यक्ति तथा परिवारहरुलाई एक जना बराबर रु २२०० बराबर र जम्मा १२ लाख २५हजार ४ सय ८५ बराबरको आइसोलेसन किट उपलव्ध गराउने छ ।




सम्बन्धित समाचार


error: Content is protected !!